बिहीबार, साउन १४, २०८३

राजपा निकट विद्यार्थी नेविसंघमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम - मधेश केन्द्रीत दलहरुले बलिदानी दिवस मनाइरहेको बेला राजपा निकट राष्ट्रिय विद्यार्थी संघ परित्याग गरी जनकपुरका नगर उपसभापतिसहित दर्जनौं विद्यार्थीहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन्।

बलिदानी दिवसकै दिन राष्ट्रिय विद्यार्थी संघका नगर उपसभापति नितेष झाको नेतृत्वमा एक दर्जनभन्दा बढी विद्यार्थीहरु नेविसंघमा प्रवेश गरेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका–४ पिडडिया माइस्थानस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उसभापति झासहित सहसचिव प्रभाष राय, संजय साह, शैलेन्द्र तिवारी, विवेक झा, जितेन्द्र मण्डललगायतका विद्यार्थीहरु नेविसंघमा प्रवेश गरेका हुन्।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले अविर माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै संसदीय दलका नेता यादवले मधेशको मुद्दा कांग्रेसले विगतदेखि प्राथमिकताका साथ अगाडी बढाउँदै आएको बताएका छन्। समग्र देश र प्रदेशको विकासका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहन यादवले आग्रह गरेका छन्।

नेविसंघ धनुषाका सभापति सुजित मिश्रको सभापतित्वमा भएको प्रवेश कार्यक्रममा  नेपाली कांग्रेस धनुषका सभापति महेश शंकर गिरी, युवा नेता प्रफुरराज घिमिरे, क्षेत्रीय सभापति कन्हैया कर्ण, नगरसभापति मनोज साह, महिला नेतृ सम्झना वर्मा, नवनित झालगायतका नेताहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।