बिहीबार, साउन १४, २०८३

शहीदलाई स्मरण गर्दै मनाइयो बलिदानी दिवस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम – मधेश आन्दोलनका शहीदको सम्मानमा शनिबार बलिदानी दिवस मनाइएको छ। प्रत्येक वर्ष माघ ५ गते मधेश केन्द्रीत दलले बलिदानी दिवस मनाउँदै आएका छन्। पहिलो मधेश आन्दोलनका क्रममा २०६६ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागि निधन भएको स्मरणमा प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गरिएको छ। महतो मधेश आन्दोलनका पहिलो शहीद हुन्।

यस वर्ष प्रदेश २ सरकारले औपचारिक रुपमा सिरहाको लहानमा बलिदानी दिवस मनाएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले लहानमा बलिदानी दिवस मनाएको हो। प्रदेश सरकार बनेपछि यस वर्ष पहिलो पटक बलिदानी दिवस मनाइएको छ। यसअघि मधेश केन्द्रीत दलहरुले बलिदानी दिवस मनाउँदै आएका थिए।

दिवसको अवसरमा बोल्दै मधेश आन्दोलनको क्रममा शहादत भएका परिवारका एकजना सदस्यलाई रोजगारी दिने योजना विधिवत रुपमा लागु भएको मुख्यमन्त्री लालबाबु राउतले घोषणा गरेका छन्।
यस अवसरमा प्रदेश सरकारले शहीद परिवारका सदस्यहरुलाई रोजगारी पत्र र घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ। मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा शहीद भएका मध्ये ४४ परिवारका सदस्यहरुलाई रोजगारी पत्र हस्तान्तरण गरेका छन्। 

यसैगरी आन्दोलनकै क्रममा घाइते भएकाहरुलाई उनले सहयोग रकमसमेत हस्तान्तरण गरेका छन्। मुख्य मन्त्री राउतले आन्दोलनका ७७ जना घाइतेहरुलाई २५ हजारदेखि तीन लाखसम्म सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बलिदानी दिवसमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रमुख अतिथिको रुपमा आमन्त्रीत थिए। यसैगरी कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्री, प्रदेशसभा सदस्य लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।