बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वाइडबडीमा दाहाल, देउवा र ओली तीनै जना दोषी छन् : अध्यक्ष लोहनी 

वाइडबडीमा दाहाल, देउवा र ओली तीनै जना दोषी छन् : अध्यक्ष लोहनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाईडबडी विमान खरिद प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल, शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै दोषी रहेको बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले भने, ‘यो परकरण दुई पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखा परेको छ। दोषी जोसुकै भएपनि कडा कारवाही हुनुपर्छ।’

वाईडबडी जहाज खरिद प्रकरणमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लोहनीको छ। ‘यो प्रकरणमा संसदलाई मन्त्रीले ठाडै ढाँटे’, उनले भने, संसदलाई ढाँट्नु भनेको ‘अब्स्ट्रक्शन अफ जष्टिस्’ हो। अरु देशमा भएको भए कारबाही हुन्थ्यो।’

लेखा समितिले कारबाहीको सिफारिश गरेकाले यस्तो अवस्थामा मन्त्री अधिकारीले नैतिकताका आधारमा अविलम्ब राजिनामा दिनुपर्ने बताए। उनले अख्तियारलाई अविलम्ब छानबिन सुरु गर्न समेत आग्रह गरेका छन्। 

यस्तै फरक प्रसंगमा बोल्दै लोहनीले अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता पालना गर्नुपर्ने बताए। ‘प्रधानमन्त्रीजीले संसदमा विद्येयक गैसकेकोले अब मेरो केही छैन, जे गर्छ संसदले गर्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो’, उनले भने, दुई तिहाई बहुमत भएको सरकारले यस्तो गैरजिम्मेवारी अभिब्यक्ति दिनु लज्जाको विषय हो।’

डा. लोहनीले पछिल्लो समय मुलुकमा भ्रष्टाचार ब्याप्त हुँदै गएको बताएका छन्। अध्यक्ष लोहनीले साँढे ३३ केजी सुन प्रकरणको फाइल प्रधानमन्त्री कहाँ किन अड्किएको छ? भन्दै प्रश्न गरेका छन्। उनले नेपालबाट कानुविपरित पुँजी बाहिर लगि कालो धनलाई सेतो बनाउने खेल भइरहेको र यसमा सरकार कडा बन्नु पर्ने बताए। लोहनीले यसबारे पनि सरकारले गम्भिरताका साथ अनुशन्धान गर्नुपर्ने बताए। 

त्यस्तै उनले निर्मला हत्याकाण्ड अहिलेसम्म सबै नेपालीहरुको लागि पीडाको रुपमा रहेको बताए। उनले भने, ‘हत्या प्रकरणमा प्रमाण नष्ट गर्नेलाई ६ महिनासम्म सरकारले कारबाही गरेन। सरकारले यो प्रकरणमा विभिन्न टोली गठन गर्ने सिवाय केही काम गरेको छैन्।’ अपराधिलाई कारवाहीको दायरामा ल्याउन नसक्नु सरकारको नालायकी पन भएको उनको भनाई छ। 

लोहनीले आफूहरु अब राप्रपासँगमात्रै नभई देशभरिका प्रजातान्त्रिक शक्तिहरुसँग सहकार्य र एकता गर्ने पक्षमा रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।