बिहीबार, साउन १४, २०८३

करेन्ट लागेर दुईको मृत्यु, एक गम्भीर घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम – करेन्ट लागेर जनकपुरमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा जिल्ला विष्णुपुर घरभइ जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोक बस्ने २७ वर्षीय जगन्नाथ साह र धनुषाको मिथिला विहारी नगरपालिका –३ बस्ने २८ वर्षीय परमेश्वर मण्डल रहेका छन्।

खरिदका लागि जग्गा हेर्न जाँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाको कुवा रामपुर नजिकै परमेश्वर चढेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो।

मोटरसाइकलको ठक्करपछि विद्युत प्रभाह भइरहेको बिजुलीको तार उछिटिएर पोलमा छोएपछि करेन्ट लागेको थियो। परमेश्वरले बचाउन गुहार मागी रहेको देखेपछि अर्को मोटरसाइकलमा सवार जगन्नाथ बचाउन पुगेका थिए। परमेश्वरलाई बचाउन पुगेका जगन्नाथको पनि करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिएका छन्।

परमेश्वर र जग्न्नाथलाई बचाउन पुगेका जनकपुरधाम उपमहानगरपालिका–४ का सूर्यनारायण शर्मा गम्भीर घाइते भएका छन्। शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।