बिहीबार, साउन १४, २०८३

खप्तड गोल्डकपको उपाधी पुलिसलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी - विभागीय टोली नेपाल पुलिस क्लबले रुस्लान थ्री स्टारलाई पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधी जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्री स्टारलाई १-० ले पराजित गर्दै नेपाल पुलिसले प्रतियोगिताको उपाधि उचालेको हो।

खेलको एक मात्र निर्णायक गोल अभिशेख रिजालले गरे। उनले खेलको ६४ औं मिनेटमा गोल गर्दै टोलिलाई महत्वोपूर्ण जित दिलाए। अभिशेखले निर कुमार राईको कर्नर प्रहारमा उत्कृष्ट गोल गरेका हुन्।

खेलको ७ औं मिनेटमा थ्री स्टारका रुपेश केसिको प्रहार पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो। २० औं मिनेटमा रन्जित धिमालले गरेको फ्री-किक प्रहारको गोलरक्षक सत्रुघनले उत्कृष्ट बचाउ गरे। २५ औं मिनेटमा सुनिल बलको पासामा अनन्त तमाङको हेडर प्रहारले दिशा लिन सकेन।

४० औं मिनेटमा पुलिसका सन्तोस हेमरुनको प्रहार क्रसरबार माथिबाट बहिरीयो। ४४ औं मिनेटमा निर कुमार राईको क्रसमा अजित भण्डारिको प्रहारले दिशा लिन सकेन। ६८ औं मिनेटमा मैदान प्रवेश गर्ने बित्तिकै अनिल गुरुङले गरेको प्रहार बहिरियो। दोश्रो हाफको इन्जुरी समयमा निर कुमारको प्रहार बहिरियो। प्रतियोगिताको म्यान अफ दि म्याच अभिशेख रिजाल हुँदै १० हजार प्राप्त गरे।

यस जितसँगै विजेता पुलिसले २१ लाख प्राप्त गरेको छ। उपविजेता बनेको थ्री स्टारले १० लाखमा चित्त बुझाउनु पर्यो। उदयमान खेलाडी सुदूर पश्चि-११ का भरत टमटा, सर्वाधिक गोल कर्ता पुलिसका तिर्थ राना बने। उनले प्रतियोगितामा ह्याट्रिक गर्दै तीन गोल गरेका थिए।

त्यस्तै उत्कृष्ट गोलरक्षक पनि पुलिसकै सत्रुघन चौधरी गोषित भए। उत्कृष्ट मिडफिल्डर थ्री स्टारका बिक्रम लाम, उत्कृष्ट डिफेन्डर अजित भण्डारी तथा उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्त थापा गोषित भए।व्यक्तिग विधामा उत्कृष्ट खेलाडीले जनही १५-१५ हजार नगद प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी रभी पासवान भए। उनले यमहाको मोटर बाईक प्राप्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।