बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीमाथि झापड हान्ने हुकुमी शैलीका मन्त्रीलाई कारबाही गरियोस्

कर्मचारीमाथि झापड हान्ने हुकुमी शैलीका मन्त्रीलाई कारबाही गरियोस्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सचिवमाथि झापड चलाउने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन्। हुकुमी व्यवहार प्रदर्शन गर्दै लोकतन्त्रको खिल्ली उडाउने मन्त्रीमाथि कारबाही हुनुपर्ने खाणले बताएका छन्।

‘कर्मचारीले खराब काम गरे कानुनअनुसार कारबाही गर्ने व्यवस्था छ,’ काठमाण्डौंस्थित नेपलिज फेसन होमले शनिबार धनुषाको लक्ष्मिनिया गाउँपालिकाको गजरियामा आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै खाणले भने, ‘सचिवलाई मन्त्रीले झापड हान्ने कार्यले लोकतन्त्रको उपहास गरेको छ। यस्तो मन्त्रीलाई कारबाही ढिलो गर्नु हुन्न।’
 
‘प्रदेश २ सरकारले हुकुमी शासन लाद्न खोजे जस्तो छ,’ पूर्व रक्षामन्त्रीसमेत रहेका खाणले भने, ‘जनताको शासनमा कर्मचारीमात्र होइन, कसैले कसैलाई झापड हान्ने अधिकार पाएको छैन्। झापड हानेर मन्त्रीले सचिवको मानवअधिकार हनन् गरेका छन्।’ 

राणातन्त्र, राजतन्त्रजस्ता तानाशाही शासनको अन्त्य भइसकेको स्मरण गराउँदै यस्तै व्यवहार रहे जनताले बाहिर फ्यालिदिने उनको चेतावनी थियो।

केपी ओली नेतृत्वको सरकारले जनताको मौलिक अधिकार संरक्षण गर्न नसकेको उनले आरोप लगाएका छन्। ‘प्रधानमन्त्रीज्यू उखान टुक्कामा व्यस्त हुनुहुन्छ,जनताका लागि सरकारले कुनै कार्यक्रम ल्याउन सकेको छैन,’ खाणले भने, ‘प्रधानमन्त्रीज्यू उखान टुक्काले जनताको समस्या सामाधान हुँदैन । जनतका लागि कार्यक्रम ल्यानुस्।’

आफूहरुले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न माग गरिरहँदा सरकार दोषीलाई बचाउन चाहिरहेको उनले बताए। गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माण गर्न पछिल्लो सरकारले गरेको निर्णय केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गर्ने सोचमा नदेखिएको उनको भनाइ थियो। जनताको सुविधालाई ध्यानमा राख्दै यी दुई अस्पताल निर्माण गर्ने निर्णय उल्टाउने प्रयास गरिए कांग्रेस सदन र सडकबाट आन्दोलन गर्न बाध्य हुने खाणले चेतावनी दिए।

‘नेपलिज फेसन होम’ की अध्यक्ष हेमा मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, जिल्ला उसभापति सन्तोष यादव, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलगायतका नेताहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा लक्ष्मिनिया गजरियाका करिब तीनसय विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।