आइतबार, चैत ८, २०८२

मप विविमा पठनपाठन र परीक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न प्राध्यापकको माग

प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन र परीक्षाको कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन र परीक्षाको कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। 

National life

विश्वविद्यालयको पठनपाठन एवम् परीक्षामा पटकपटक स्थगित हुँदा विश्वविद्यालयको गुणस्तरमा नै प्रश्नचिह्न तेर्सिने भएकाले रोकिएको कानुन संकायको स्नातक प्रथम वर्षको प्रवेश परीक्षालगायत अन्य संकायका परीक्षाको कार्यतालिका अविलम्ब प्रकाशित गर्न संगठनले माग गरेको छ। विज्ञप्तिमा यथाशीघ्र परीक्षा सञ्चालन गरी विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक वातावरण कायम राख्न विश्वविद्यालय प्रशासनलगायत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइएको हो।

संगठनले विद्यार्थी र प्राध्यापक संघले उठाएका जायज माग विश्वविद्यालय प्रशासनले उचित छलफलबाट पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। विश्वविद्यालयमा विभिन्न विद्यार्थी र प्राध्यापक संघसंगठनले शैक्षिक एवम् पेसागत माग राखी आन्दोलनका विभिन्न चरण सञ्चालन गर्दै आएकोमा यसलाई विश्वविद्यालय प्रशासनले वार्तामार्फत सम्बोधन गर्नुपर्ने संगठनले जनाएको छ। 

पेसागत माग समयमै सम्बोधन गर्न संगठनले विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ। संगठनले प्राध्यापक संघ संगठनका माग  पनि प्राध्यापकहरुको सामूहिक हक एवम् पेसागत उन्मुख हुनुपर्नेमा त्यसो नभई राजनीतिक आस्थाका आधारमा पदाधिकारीको पद केन्द्रित देखिएको संगठनले जनाएको छ।

विश्वविद्यालयभित्र आन्दोलनको सुरु भइसकेपछि गठित गरिएका केही प्राध्यापक संघले पदाधिकारीहरुको पद केन्द्रित भई राजनीतिक आस्थालाई लक्षित गरी सार्वजनिक गरिएको विज्ञप्तिलगायतका कार्यक्रमप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता संघलाई मान्यता दिन नहुने विज्ञप्तिमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

विश्वविद्यालय जस्तो सर्वमान्य संस्थामा साझा संघसंगठनले पेसागत माग नै नराखी एकैपटक कुनै एकविचार आबद्ध व्यक्ति पदाधिकारी एवम् संगठनलाई निषेध गर्ने गरी सार्वजनिक हुने अभिव्यक्तिविरुद्ध संगठन लागिपर्ने जनाएको छ।

प्रकाशित: Aug 16, 2021| 15:54 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्