काठमाडौं– लामो समय उपाधि बिहिन रहदै आएको महिला क्रिकेट टोलीले थाईल्याण्डमा सम्पन्न महिला टी-२० स्म्यास क्रीकेटमा आयोजक टोलि थाइल्याण्डसँग पराजित हुदँ पुनः उपाधिबाट बन्चित भएको छ। शनिबार भएको फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो।
थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५१ रन जोड्न सक्यो। नेपालका लागि नेरी थापाले १७ तथा सीता राना मगरले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्न थाइल्याण्डकी सुलिपोर्न लोमीले ३ विकेट लिईन।
यस अधि टस हारेर पहिले ब्याटिङको निम्तो पाएअको घरेलु टोलीले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाएर १ सय २१ रन बनाएको थियो।
घरेलु टोलीका लागि नाथचन चनथमले नटआउट रहँदै सर्वाधिक ६९ रन बनाईन। त्यस्तै, नरुमोल चवाईले २७ रन बनाउदा चानिदा सुथिरंगले नटआउट १९ रन बनाईन्। नेपालका लागी कुनै पनि बलरले विकेट लिन सकेनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४