रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आईपीएलको उपाधि जितेपछि भएको विजय उत्सवमा भागदौड मच्चिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
बुधबार चिन्नास्वामी स्टेडियम नजिक आयोजित विजय जुलुसमा भागदौड मच्चिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
मंगलबार आरसीबीले पञ्चाब किंग्सलाई हराउँदै उपाधि जितेको थियो । हजारौँ समर्थक ऐतिहासिक जितको उत्सव मनाउन स्टेडियम वरपर भेला भएका थिए। जुलुसमा सहभागी हुने भीड अत्यधिक भएको र स्टेडियम बाहिर प्रवेश गर्न खोज्दा स्थिति नियन्त्रणबाहिर गएको थियो।
दर्जनौँ घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल भर्ना गरिएको छ । जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।