बिहीबार, साउन १४, २०८३

डा. केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – सोलिडारिटी फर डा. केसी अलायन्सले अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ। मातीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनका सहभागीहरुले ‘माफिया मुखी ऐन चाहिँदैन’, ‘जिकेसीको अनसन माफियालाई टेन्सन’, ‘सबै कुरा प्रस्ट छ, ओली सरकार भ्रष्ट’, ‘एक–दुई–तीन–चार हामी मान्ने छैनौ हार’, ‘पाँच–छ–सात–आठ माफियाको कान समात’, ’ओली सरकारको मन्त्र, नागरिकलाई झुटतन्त्र’ लगायतका नारा लगाएका थिए।

डा. केसी सरकारसँग पहिले भएको सहमतिअनुसार चिकित्सा शिक्षा  विधेयक पास हुनुपर्ने भन्दै पुस २५ गतेदेखि १६औं आमरण अनसनमा छन्। इलाम पुगेर अनसन थालेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति हेलिकोप्टरबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। उनले यतिबेला अस्पतालमै अनसन जारी राखेका छन्।

आन्दोलनमा सहभागीहरुले सरकारले आफैले सम्झौता गरेको कुरा कार्यान्वयन नगरेर डा. केसीलाई धोका दिएको आरोप लगाएका थिए।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।