सुर्खेत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा दुई गाडीमा आगजनी गरेका छन्।
विप्लवका कार्यकर्ताले शनिबार विहान रत्न राजमार्गको सत्तरी र कर्णाली राजमार्गको बड्डीचौर नजिकै मालबहाक ट्रकमा आगजनी गरेका हुन्। विप्लवका कार्यकर्ताले ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। उनका अनुसार आगजनीबाट ट्रकको अगाडी भागमा क्षती पुगेको छ।
बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीहरु ठप्प छन्। सुर्खेतका लागि छुटेका रात्रीकालिन सवारीहरुलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यमा पठाइरहेको छ।
गत पौष २२ गते विद्यार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेकोले तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेको विप्लव सुर्खेत जिल्ला सेक्रेटरी यमराजले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४