बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली कांग्रेस कैलालीको बृहत् कार्यकर्ता प्रशिक्षण सुरु

नेपाली कांग्रेस कैलालीको बृहत् कार्यकर्ता प्रशिक्षण सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-  नेपाली कांग्रेसकै इतिहासमा जिल्लास्तरको सबैभन्दा बृहत् प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ। नेपाली कांग्रेस कैलालीको आयोजनामा भएको प्रशिक्षण आइतबारसम्म चल्ने छ। प्रशिक्षणमा स्थानीय तह, प्रदेश र संघीय संसदमा महिला सहभागीता र सुशासनका बिषयमा डा आरजु राणा देउवाले प्रशिक्षण दिइरहेकी छिन्।
 
कांग्रेस कैलालीका प्रशिक्षण बिभाग संयोजक नृप सुनारका अनुसार शनिवार स्थानीय तह योजना निर्माण, बजेट संचालन र सचेतनाका बिषयमा डा. प्रभु बुढाथोकी (राष्ट्रिय योजना आयोगका पुर्व सदस्य) ले प्रशिक्षण दिने कार्यक्रम छ।
 
यस्तै आइतबार समसामयिक राजनीति पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भुमिकाका बारेमा केन्द्रिय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्मा र प्रदेश/स्थानीय तहको ऎन, कानुन, पार्टी विधान, जनप्रतिनिधि तथा संगठन बीचको अन्तरसम्बन्धका बारेमा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले प्रशिक्षण दिने कार्यक्रम रहेको सुनारले जानाकारी दिए।
 
प्रशिक्षणमा स्थानीय तहका वडा सदस्य,वडा अध्यक्ष, उपाध्यक्ष प्रमुख,उपप्रमुख, प्रदेश सभा सदस्य, संघीय सभा सदस्यका विजयी-पराजित सबै उम्मेदवारहरु, साविकका नगर वडा/गाउँ सभापति, नगर/क्षेत्रका पदाधिकारी, जिल्ला कार्य समिति, महाधिवेशन/ महासमिति सदस्य, पार्टी पुर्व/वर्तमान केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संघ/संस्थाका केन्द्रीय पदाधिकारी/ सदस्य एवं जिल्ला समिति पदाधिकारी तथा प्रशिक्षकहरु गरि करिव ६ सयको संख्यामा सहभागिता रहेको कांग्रेस कैलालीका सभापती नरनारायण शाहले जानकारी दिए।

उमा बादी सम्मानित

यसैबीच नेपाली कांग्रेस कैलालीले संघर्षशिल महिला उमादेबि बादीलाई सम्मान गरेको छ। डा आरजु देउवाले बादीलाई सम्मान पत्रबाट सम्मानित गरेकी हुन्।
 
गरिब र बिपन्न बादी जातिमा जन्मेकी एक सामान्य महिलाले त्यस जातिभित्र परम्परादेखि चलिआएको शारीरिक शोषण जस्तो जीवनको अभिसापबाट त्यस जातिका चेलिबेटीलाई मुक्ती दिलाई आत्मसम्मानको जीवन दिलाउने देखि आमाको नामबाट नागरिकता दिलाउने आन्दोलनको समेत नेतृत्व गरेर सामाजिक परिवर्तनको अगुवा नारीका रुपमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरेको सभापति शाहले जानकारी दिए।

कांग्रेसबाट प्रदेश सभा सदस्यसमेत रहेकी बादीले पश्चिम नेपालको सामाजिक र महिला मुक्ती आन्दोलनमा खेलेको भूमिकाकाकै कारणले बिबिसिको विश्वकै एकसय एक प्रेरणादायी महिलाका रुपमा पर्न सफल भएकि छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।