बिहीबार, साउन १४, २०८३

ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सर्लाही- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँके जंगल खण्डमा रोकि राखेको रात्रीबसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट ईलाम जाने क्रममा सापट बिग्रेर ईश्वरपुर नगरपालिका-१२ स्थित जंगलखण्डमा रोकिराखेको ना. ४ ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ना. ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको हो। 

दुर्घटनामा परि ईलाम सुल्बुङ-७ निवासी २७ वर्षीय गोविन्द साउदेन, सुनसरि ईटहरी उपमहानगरपालिका-१६ निबासी ३० वर्षीया विनेता राई र पर्सा वीरगंज उपमहानगरपालिका-१९ निवासी ३५ वर्षीय रहिम मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए। साउदेन र राई बसका यात्रु हुन् भने मियाँ ट्रकका यात्रु हुन्।

उत्रेर बसको पछाडी बसेका यात्रुको तिब्रगतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा च्याप्पियर मृत्यु भएको हो । त्यस्तै मियाँ भने ट्रकको चालक भएको अनुमान गरिएको छ। "मियाँ चालक भएको र उनले खँलासीलाई चलाउन दिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ", ट्राफिक प्रमुख शाहीले भने, "विस्तृत अनुसन्धान भईरहेको छ।"

दुर्घटनामा परि बसका यात्रु नुवाकोट विदुर नपा-१३ निवासी २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा-६ निवासी ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा-१ निवासी २२ वर्षीय दिपक अधिकारी घाईते भएका छन् । खुट्टा भाँच्चियका तामाङको बी एण्ड बी ललितपुर, खतिवडाको विर्तामाेड र अधिकारीको लालबन्दीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

मृतक तिनैजनाको शब भने सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।