शनिबार, पुस १२, २०८२

सम्झौता म्याद अगावै कालोपत्रे सम्पन्न

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

तनहुँ- देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ।

National life

निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो। सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्ने प्रयोजनका लागि सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो। निर्माण सम्झौताअनुसार विसं आगामी असार २० गतेसम्ममा कालोपत्र गर्नुपर्ने थियो।

सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्र ठेक्का लगाइएको हो। कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालय पोखरामार्फत् गरिएको हो। उक्त सडक कालोपत्रका लागि एक करोड ५६ लाख लागत इष्टमेट भएपनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले एक करोड सात लाख ६५ हजारमा निर्माण गरेको हो।

देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा सर्वसाधारणलाई सास्ती थियो। सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताए।

उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए। अहिले नालासहित सडक कालोपत्र सम्पन्न भएको छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2025| 08:04 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्