टुटल एक ‘स्टार्ट अप’ कम्पनी हो। विदेशमा ‘उबर’को माध्यमबाट भाडामा गाडी लिएजस्तै यात्राको लागि टुटल एपमार्फत मोटरसाइकल वा स्कुटर भाडामा लिन सकिन्छ। यसबाट, पहिले आफ्नो ‘लोकेसन’ र गन्तव्यको जानकारीपछि मोटरसाइकलमा लिन आउने गर्छन्। भाडादर ‘टुटल एप’मै तोकिएको हुनाले ठगिने सम्भावना पनि कम हुन्छ।
तर, नेपालको यातायात व्यवस्था नियमन ऐन-२०४९ ले रोतो नम्बर प्लेटका निजी सवारी साधनले भाडामा काम गर्न नपाउने व्यवस्था छ। यस विषयमा उजुरी परेपछि, ‘टुटल’ लगायत बंगालादेशी कम्पनी ‘पठाओ’ कारबाहीमा परेको थिए।
तर, केही दिनअघि जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही भन्दा पनि व्यवस्थित नियम अनुसार चलाउने घोषणापछि केही साम्या भएको थियो।
यही विषयमा टुटलका सिइओ शिक्षित भट्टसँग गरिएको कुराकानी:
टुटल सेवा दिन सकिन्छ भन्ने आइडिया कसरी आयो?
‘टुटल’ को आइडिया एक्कासी आएको आइडिया होइन। संसारमा नभएको आइडिया पनि होइन्। तीन वर्ष अघि मोबाइलबाट साझा बसलाई ‘लोकेसन बेस्ड’ ट्रयाक गर्न मिल्छ कि भन्ने खोज गरे। उक्त, आइडिया सफल पनि भयो।
यसलाई नै परिमार्जित गर्दै जाँदै यदी साझालाई गर्न सकिन्छ, अन्य गाडीलाई ट्रयाक गर्ने सकिन्छ भने ‘ह्वाइ नट’ मोटरसाइल स्कुटर? त्यसपछि विस्तारै मोटरसाइकल ट्रयाकिङ पनि सफल भए। यसरी नै सुरू भएको थियो टुटलको यात्रा। दैनिक जीवनमा सार्र्वजनिक सवारी साधनमा यात्रा गर्दा हुने सास्ती र ट्याक्सीवालाको ठगी जस्तो कारण पनि टुटल धेरैको रोजाइ बन्न थालेको छ।
सेवाप्रदायक रूपमा कहिले देखि सुरू भएको हो ?
सेवाप्रदायक रूपमा टुटल जनवरी २०१७ बाट सुरू भएको हो। सेवाको रूपमा २ वर्ष भयो। तर काम सुरू गरेको ३ वर्ष भइसक्यो।
सुरूमा कस्तो अप्ठ्यारो झेल्न पर्यो?
सुरूमा त मानिसको व्यवहार परिवर्तन गर्न गाह्रो र अप्ठ्यारो विषय हो। दैनिक रूपमा सार्वजनिक सवारी साधनको प्रयोग गरिरहेको बानी। मोटरसाइकलमा लिफ्ट लिरहेको मानव प्रवृत्तिबाट भाडा तिर्नुपर्छ भन्दा केही अनौठो नै सुनिन्छ।
मोटरसाइकलमा ‘राइडर’ दिएर पैसा कमाउन सकिन्छ भन्ने संस्कार पनि हामीमा थिएन। त्यो व्यवहार परिवर्तन गर्नु ठुलो चुनौती थियो जसमा हामी सक्षम भएका छौं। नेपालमा प्रविधिमा ठुलो फड्को मारिसकेको अवस्था छैन। यसकारण पहिले त युर्जस भेटाउनु र टुटलको बारे बुझाउनु नै ठुलो च्यालेन्ज थियो।
हाल कति छन्, युजर्स ?
अहिले युजर्सहरू हाम्रो करिब २ लाखको हाराहारीमा छन्। यसमा महिला, अपागंता, नेत्रविहीन बढी हुनुहुन्छ।
भिडियो
आम्दानी के र कसरी हुन्छ ? कर तिर्ने गर्नैु भएको छ कि छैन?
सेवाग्राहीले तिर्नु भएको रकममा ८० देखि ९६ प्रतिशत मोटरसाइकल धनीले नै पाउनु हुन्छ। बाँकी हामी सर्भिस चार्जको रूपमा लिन्छौं। सर्भिस चार्जबाट आएको रकम भन्दा पनि लगानी नै बढी हुन्छ। प्रविधि, अपरेसनमा लगानी, कर्मचारीको तलब आदी विभिन्न विषयले गर्दा लगानी नै बढी छ। तापनि हामीले सरकारलाई कर तिरी नै रहेका छौँ।
सुरक्षाको विषयमा कतिको सुरक्षित छ, टुटल?
हाम्रा २ लाख युर्जस मध्य ५० प्रतिशत महिला छन्, त्यस्तै, नेत्रविहिन, अपांगता भएकाहरूको पनि संख्या ठूलो छ। हाम्रो संख्या र युर्जर्सबाटै पनि तपाई बुझ्न सक्नु हुन्छ कतिको सुरक्षित छ।
कुन मानिस कुन ‘राइडर’ उनीहरू दुवैको नम्बरका साथै ट्रयाकिङ्ग डिभाइसले कुन कुन ठाँउमा कसरी पुग्नछन् भन्ने सबै थाहा हुने भएकोले पूर्ण रूपमा सुरक्षित छ। सुरक्षाको विषय जुन सुकै सार्वजनिक वा निजी सवारीमा हुन्छ तर, हाम्रो यो फिल्डले अझ धेरै सुरक्षित बनाउन सक्छौँ।
कसरी बन्न सकिन्छ टुटलको पार्टनर?
‘टुटल पार्टनर एप’ डाउनलोड गर्नु पर्नेछ। त्यस पछि कार्यलयमा आवश्यक प्रक्रिया लिने गरेको छ। त्यस पछिु सेवा दिन सकिनेछ।
कसरी बन्न सकिन्छ टुटल युर्जस?
यसका लागि टुटल एप डाउनलोड गर्नु पर्नेछ। त्यसपछि, टुटलको प्रयोगबाट टुटल युर्जस हुन सकिन्छ।
सरकारले गरेको ‘इक्रोच’ लाई कसरी लिनु भएको छ?
विस् २०४९ मा, बनेको नियमको अवस्था र अहिलेको परिवेश, जनसंख्या, समय धेरे फरक छ। नियम भनेको यस्तो चिज हो जुन प्रविधि समय आदीको माग अनुसार परिवर्तन गरिनु पर्छ। जहाँसम्म रातो नम्बर र कालो नम्बर प्लेटको हकमा, होटलहरूले रातै नम्बर प्लेटको गाडी भाडामा दिन्छन्, कहीँबाटै कतै जान परे स्क्रिोपियो भाडामा हुन्छ, त्यो पनि रातै नम्बर प्लेटको हो।
कार रेन्टल सर्भिसहरू पनि रातै नम्बरको हो भने अब मेरो गाडी मोटरसाइकल एक महिना भाडामा दिन हुने तर एउटा मोटरसाइकलले एक राइडमा भाडामा सिट दिन किन नहुने? यस्तो हुन सक्दैन। नियममा परिवर्तन आउनु पर्यो। हाम्रो समास्या सरकारसँगै छैन। केही दिन अघि सम्माननीय प्रधानमन्त्री ज्युले टिभीमार्फत नै सकारात्मक रूपमा व्यवस्थापनको लागि अपिल गर्नु भएको छ , त्यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद पनि।
हाम्रो समस्या २६ वर्ष अघिको नियमसँग हो। त्यो नियमले रोक्न खोजेको हो। त्यो नियम कुन चाँहि सरकार, कुन पार्लियामेन्टले ल्यायो ?, कुन ब्युरोक्रेटसले ल्यायो ? तर हामी अहिले संघीय गणतन्त्रमा छौँ। नियम हामीसँग संसदीय राजतन्त्र कै छ। यदी नियमन अनुसार जाने भए, अहिले हामी संघीय गणतन्त्रमा पनि नहुनु पर्ने होइन र? अब टुटललाई कसले रोक्न सक्छ र?
प्रहरीले जहाँ भेट्यो त्यही समात्छौं भनेको छ, अब के गर्नुहुन्छ?
केही दिन अघी मात्र सम्मनीय प्रधानमन्त्रीज्यूले टिभीमार्फत नै नरोक्नु भनेर घोषणा गर्नुभएको छ, सरकार प्रमुखबाटै आदेश आए पछि सायाद त्यस्तो केही नहोला।
सरकारले नयाँ आएका स्र्टाट अप आएका छन्, यसलाई कसरी लिनु भएको छ?
हाम्रो देशमा भर्खरै स्थायी सरकार आएको छ। सरकारले स्र्टाट अपलाई सहयोग गर्यो गरेन भन्दा पनि स्थायी सरकार आउनु नै ठुलो विषय हो। सरकार पक्षकै विभिन्न समस्या थिए र छन् पनि। संविधान, चुनाव भर्खर एक वर्ष भयो राजनीतिक स्थायीत्व कायम हुन लागेको।
हामी पे स्टार्ट अप हौं। हाम्रो लागि हाम्रो नै इस्यु ठुलो लाग्छ। सरकारको पनि आफ्नो समस्या र सम्बोधनका क्षेत्र हुन्छन्। महत्वपुर्ण क्षेत्र छन्, यसकारण पनि सरकारले स्र्टाट अपलाई सहयोग गर्यो भन्नेमा मेरो गुनासो होइन।
सरकारले पनि अन्य विषयमा पछि यसमा ध्यान दिनु हुन्छ भन्ने अपेक्षा छ तर, सरकारलाई अहिले नै सहयोगको लागि प्रश्न गरिहाल्नु पर्ने अवस्था छैन। सरकारसँगको समन्वयममा स्र्टाटको लागि केही गर्न सक्छौँ भने हामी अग्रस छौँ।
सरकारको कदम र टुटल बीच समस्या उठेको थियो, त्यस ताका सामाजिक संजालबाट पाएको सर्पोट धेरै भयो, त्यो सर्पोटले कतिको प्रोत्साहन गर्यो?
हाम्रो टिम सर्पोट युर्जसलाई धेरै धन्यवाद दिन चाहन्छौं। टुटल हाम्रो मात्र स्र्टाटअप होइन, यो तपाइ्र्र, हामी सबैको स्र्टाट अप हो। हाम्रो दायित्व टुटल व्यवसाय मात्र नभएर, नेपालमा एक उदाहरण पनि हो। यो युवाहरूको लागि ‘एसपिरेसन’ पनि हो। यस कारण यदी हामीले यो ब्राण्डलाई नेपाल बाहिर लान सके अझ राम्रो हुन्छ।
आगामी योजना?
आगामी योजनामा टुटललाई अझ कसरी राम्रो गर्ने सक्छौँ भन्ने नै हो। किनकी हाम्रो प्रतिस्पर्धा यहाँको स्र्टाटअपसँग मात्र नभई, विदेशी स्र्टाट अप कम्पनी पनि छ।
बाहिरको कम्पनी नेपालमा भएको कारण हामीलाई विदेशी कम्पनीभन्दा १० गुणा अघि हुनु छ। यो एउटा च्यालेन्ज नै हो। बाहिरको कम्पनीभन्दा कति राम्रो र सेवामुखी हुनु सकिन्छ भन्ने च्यालेन्ज हामीसँग छ।
यो एउटा गेम खेले जस्तै हो। होम ग्राउण्डमा विदेशीसँग फुटबल, क्रिकेट खेले जस्तै हो, जहाँ उत्कृष्ट भएर देखाउनु छ। बंगलादेशमा स्र्टाट अप मैत्री नियमहरू छन्। यस कारण बंगलादेशको उक्त कम्पनी एक्कासी ठुलो र नेपालमा पनि भित्रन सक्यो। तर, नेपालमा स्र्टाटअप मैत्री पोलिसी आउन बाँकी छ। आशा गरौं चाँडै हुनेछ, यस कारण पनि आफ्नो देशमा विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्नु ठुलो च्यालेन्ज रहेको छ।
अन्तिममा?
टुटलको प्रयोग गर्नुहोस्। यो तपाईंहरूको आफनै कम्पनी हो। हाम्रोभन्दा पनि तपाइहरूको हो। हामीलाई जसरी सर्पोट गर्नु भयो त्यसरी नै सर्पोट गर्दै गर्नुहोस्। यसमा हामीले गर्नु पर्ने सुधार धेरै छन्, र त्यसलाई हामी गर्दै जानेछौं।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...