मंगलबार, जेठ २०, २०८२

उपत्यकामा विरोध प्रदर्शन गर्ने ठाउँ तोकियो

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

प्रशासनले तोक्यो विरोध प्रदर्शन गर्न पाइने क्षेत्र
सरकारले काठमाडौं उपत्यकाका तीन ठाउँबाहेक बाँकी ठाउँलाई प्रदर्शनलगायत विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।

यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।

राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । आइतबार पनि उनीहरुले नक्साल-नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित: Jun 01, 2025| 20:01 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्