मंगलबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद सिंह प्रहरी नियन्त्रणमा

कमल थापालाई भेट्न पुगेका राप्रपा सांसद सिंह प्रहरी नियन्त्रणमा

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका सांसद सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।

आन्दोलनका क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिरहेको बताइएको छ। राप्रपा महामन्त्री शरदराज पाठकका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद सिंहलाई पक्राउ गरिएको हो।

अध्यक्ष थापा प्रदर्शनका क्रममा आइतबार दिउँसो नक्सालबाट पक्राउ परेका थिए।

प्रकाशित: Jun 01, 2025| 18:07 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्