मंगलबार, जेठ २०, २०८२

गृहका सात सहसचिवको सरुवा, चार जिल्लाका सीडीओ फेरिए

 |  आइतबार, जेठ १८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

vianetvianet

काठमाडौं- ​गृह मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ। गृहले चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पनि पठाएको छ।

बर्दिया, कास्की, धनुषा र पाँचथरमा नयाँ प्रजिअ पठाइएको हो। बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्कीमा पठाइएको छ। कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ।

बर्दियामा मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सुरेन्द्र पौडेललाई सीडीओ बनाएर पठाइएको छ। धनुषाका सीडीओ रामुराज कडरियालाई मन्त्रालयमा तानिएको छ। त्यहाँ सुर्खेतबाट केही दिनअघि मन्त्रालय तानिएका शंकरहरि आचार्यलाई सीडीओ बनाएर पठाइएको छ।

पाँचथरको सीडीओमा मन्त्रालयकै सहसचिव अरुण पोखरेललाई पठाइएको छ। 

प्रकाशित: Jun 01, 2025| 17:08 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्