शनिबार, पुस १२, २०८२

जलविद्युत आयोजना र सडक बाढीले बगायो

 |  आइतबार, जेठ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०८२

सङ्खुवासभा- शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ।

National life

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगेको छ। बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुललगायत संरचनामा पनि क्षति पुगेको छ।

उनका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघुजलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ। सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। 'बाढीले आयोजना पूर्ण रूपमा बगाएको छ', उनले भने।

त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत् आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताए। उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए।

घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन्। 'सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ', अध्यक्ष भोटेले जानकारी दिए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 01, 2025| 17:01 आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्