शनिबार, वैशाख ८, २०८१

कैदीबन्दीको अर्को संसार कहाँ छ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- महेशविक्रम शाह भन्नेबित्तिकै धेरैले कुशल साहित्यकार भनेर चिन्छन्। त्यतिमात्र होइन शाहको थप परिचय पनि छ– कुशल राष्ट्र सेवक। प्रहरी नायब महानिरीक्षक (डिआइजी) शाह कर्णाली प्रदेशका प्रहरी प्रमुख हुन्। शाहको ‘छापामारको छोरो’ कथा संग्रहले २०६३ सालको मदन पुरस्कार पाएको थियो। 

यति बेला डिआइजी शाहको अग्रसरता र नेतृत्वमा कर्णाली प्रदेशमा ‘कारागारलाई किताब’ अभियान सुरु गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त अभियान सुरु गरिएको हो। ‘कारागारका बन्दीको अर्को संसार कहाँ छ?’ ‘त्यो संसार किताबमा छ।’ ‘किताब पढौं, जीवन बदलौं’ लगायतका नारासहित अभियान सुरु गरिएको हो। पुस्तक अध्ययनले मानव जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने बुझाइ शाहको छ। 

‘यो अभियानकोे औचित्य के हो?’ नेपाल समयको जिज्ञासामा डिआइजी शाहले भने, ‘विभिन्न कारणले अपराधी ठहर भई कारागारमा सजाय काटिरहेका कैदीबन्दीसँग पर्याप्त समय हुन्छ। समय सहज रुपमा बिताउन सहयोग पुगोस् र पुस्तक अध्ययन गरेर जीवनप्रति आशावादी बन्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।’ अभियानअन्तर्गत मनोरञ्जनका साथै जीवनोपयोगी पुस्तक संकलन भइरहेको जानकारी उनले दिए। शाहले भने, ‘जीवनोपयोगी पुस्तक अध्ययनले उनीहरूलाई समाजमा पुर्नस्थापना हुन सहयोग पुगोस् भन्ने हाम्रो चाहना हो।’

आफू कर्णाली प्रदेशका कारागार अवलोकन भ्रमणमा जाँदा कैदी बन्दीहरुले राम्रा पुस्तक पढ्न चाहेको बताएपछि अभियान सञ्चालन गर्ने योजना बनेको शाहले बताए। ‘कारागारमा भएका पुराना पुस्तक पढिसकेकाले नयाँ पुस्तक उपलब्ध गराए आफूहरूलाई समय बिताउन सहज हुने भ्रमणका क्रममा कैदीबन्दीले सुनाए’, उनले भने, ‘मलाई उनीहरुको माग उचति लाग्यो। त्यसपछि मैले यो अभियान थालेको हुँ। अहिले मेरो संयोजकत्वमा मूल समिति गठन भएको छ।’ प्रत्येक जिल्लाका जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा उपसमिति गठन गरी अभियान तीव्र पारिएको उनले बताए। 

सरकारले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्ने उद्देश्य राखेको छ। सरकारको उक्त अभियानलाई कारागारमा किताब अभियानले पक्कै सहयोग गर्नेछ।


‘कारागारका सबै कैदी एक दिन समाजमा फर्किन्छन्। पुनरस्थापित हुन्छन्। जीवनमा पहिलोपटक अपराध गरेको मान्छे कारगारमा गयो भने फर्किंदा केही नल्याउने भएकाले पुस्तकले सकरात्मक भावनाको विकास हुन्छ भन्ने उद्देश्य हो’, उनले भने, ‘उसले कारागारबाट निस्किसकेपछि समाजमा आफूले कसरी योगदान पुर्‍याउने भन्ने कुरा सिकोस्। जीवनप्रति आशावादी बनोस् भन्ने हो।’ 

हुन पनि हो पुस्तकले कैदीबन्दीमा मनोरञ्जन र ज्ञान मात्र प्रदान गर्ने नभई समाजमा कसरी पुनस्र्थापित हुने भन्ने सकारात्मक भावनाको विकास पनि गर्छ। कैदीबन्दीले सकारात्मक कुरा सिकेर आयो भने पुनः आपराधिक गतिबिधिमा संलग्न हुँदैन र यसले अपराध न्यूनीकरण गर्दै सुव्यवस्थित समाज निर्माणमा पनि टेवा पुर्‍याउन सक्छ। 

शाहले आफू पनि यो कदमबाट कैदीबन्दीमा सकरात्मताको विकास हुनेमा आशावादी रहेको बताए। ‘नेपाल सरकारले नै कारागारलाई सुधारगृहका रुपमा रुपान्तरण गर्ने उद्देश्य राखेको छ। सरकारको उक्त अभियानलाई पनि कारागारमा किताब अभियानले सहयोग गर्छ’, उनले भने, ‘यसले कैदीबन्दीलाई सहज रुपमा समय बिताउन सहयोग पुग्नेछ। उनीहरुले मनोरञ्जन प्राप्त गर्ने छन्। साथै जीवनोपयोगी पुस्तक अध्ययन गरेर जीवनप्रति आशावादी हुने छन्।’ उनीहरुभित्र रहेको कुण्ठा जीवनोपयोगी पुस्तक अध्ययनले हटाएर समाजमा पुनस्र्थापित हुन सहयोग गर्ने विश्वास आफूले लिएको उनको छ। 

शाहले अभियानमा थुप्रैले ऐक्यबद्धता जनाएको र राम्रो सहयोग पाइरहेको बताए। ‘हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाउनुका साथै राम्रो साथ पाइरहेका छौं। बिभिन्न साहित्यकारले व्यक्तिगत रुपमा पनि हामीलाई पुस्तक उपलब्ध गराइरहनुभएको छ’, उनले भने, ‘काठमाडौंका पुस्तक प्रकाशन गृहसँग पनि हामीले कुरा गरेका छौं। उहाँहरुले पनि पुस्तक उपलब्ध गराउने वचन दिनुभएको छ।’

अभियान सुरु गरेको एक महिनामै सयभन्दा बढी पुस्तक संलन भइसकेको शाहले बताए। माघ दोस्रो साताबाट सुर्खेत कारागारमा पुस्तकालय स्थापना गरिने जानकारी उनले दिए। कारागारमा किताब अभियान कर्णाली प्रदेशका आठै जिल्लामा लागू गरिने शाहको भनाइ छ। मुगु र हुम्लामा कारागार निर्माण भइरहेकाले त्यहाँ पनि निर्माणपश्चात् पुस्तकालय स्थापना गरिने शाहले जानकारी दिए।

‘कैदीबन्दीहरु पनि समाजकै नागरिक हुन्। कैदीबन्दीहरुले पनि नैसर्गिक अधिकार प्राप्त गर्नुपर्ने हुन्छ’, उनले भने, ‘उनीहरुले नैसर्गिक अधिकार प्राप्त गरेपछि मात्र कारागार सुधारगृह भएको भन्ने हुन्छ। कैदीबन्दीलाई नैसर्गिक अधिकारबाट वञ्चित गरिनु हुँदैन। कारागारलाई किताब अभियानले थोरै भए पनि सुधारगृहका रुपमा रुपान्तरण गर्न सहयोग पुग्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।