बुधबार, चैत २५, २०८२

नेपालले आज उपाधिका लागि थाइल्याण्डसँग भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेटको उपाधिका लागि आज (शनिबार) नेपालले आयोजक थाइल्याण्डसँग भिड्दै छ । 

प्रतियागितामा अहिले सम्म अपराजित रहेको नेपाली महिला टोली उपाभिका लागि घरेलु टोलीसँग भिड्न लागेको हो । यता, थाइल्याण्ड पनि अपराजित रहदै फाइनलमा पुगेको हो । 

खेल नेपाली समय अनुसार अरान्ह १२:१५ मा सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो ।

लामो समय उपाधि बिहिन बन्दै आएको महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ । तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने रहेको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।