बिहीबार, साउन १४, २०८३

गौरीलाई न्याय दिलाउन जनकपुरमा क्यान्डल मार्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरकी सीमा शर्मा र उनकी दुई वर्षीया छोरीलाई न्याय दिलाउन स्थानीयवासीले कैण्डल मार्च निकालेका छन्। 

जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने सीमा र उनकी दुई वर्षीया छोरी गौरीको हत्या सासु, ससुरा र श्रीमान्ले मिलेर गरेको भन्दै न्यायको माग गर्दै शुक्रबार साँझ स्थानीयवासीले कैण्डल मार्च निकालेका हुन्।

सीमा र गौरीले न्याय पाउनुपर्ने भन्दै जानकी मन्दिर प्राङ्गणबाट निकालिएको कैण्डल मार्च विभिन्न क्षेत्रको परिक्रमा गर्दै जनक चोक पुगेर समापन भएको थियो। कैण्डल मार्चका सहभागीहरुले दोषीलाई कारबाही, दाइजो प्रथा बन्द हुनुपर्ने लगायतका माग गरेका छन्। कैण्डल मार्चमा सयौंको संख्यामा स्थानीय युवा, महिला, नागरिक समाजलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।

ससुरा पक्षले सीमालाई दाइजोको लागि पटक पटक दबाब दिँदै आएको माइती पक्षको आरोप छ । दाइजोको दबाब थेग्न नसकेपछि २५ वर्षीया सीमाले दुई वर्षीया छोरीलाई विष खुवाएर आफूपनि विष सेवन गरी आत्म गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सीमा र उनकी छोरी गौरी  विहिबार बिहान आफ्नो घरमा मृतअवस्थामा फेला परेकी थिइन्।

यता सीमालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले ससुरा श्यामसुन्दर मिश्र र सासु किरण मिश्रलाई नियन्त्रणमा लिएको छ भने श्रीमान् समिर मिश्र फरार छन्। 

परिवारका सदस्यहरुले दाइजोका लागि उत्पीडन गरेपछि सीमा आफ्नी छोरीसहित आत्म गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको धनुषका एसपी गोविन्द थपलियाले बताए। 

‘सीमालाई आत्महत्या गर्न उत्प्रेरित गरेको पाइएको छ,’ थपलियाले भने,‘अहिलेको अपराध संहिताले आत्महत्या गर्न बाध्य गर्ने व्यक्तिमाथि कर्तव्यज्यान मुद्दाअन्तर्गत अनुसन्धान गर्न भनेको छ। र, सोही आधारमा सासु र ससुरालाई हामीले पक्राउ गरेका हौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।