बिहीबार, साउन १४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज माघ ४ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

प्रधानमन्त्रीले स्वीट्जरल्याण्ड भ्रमणमा उठाउलान् त कालो धनको कुरा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आइतबारबाट ६ दिने स्वीट्जरल्याण्ड भ्रमण गर्ने भएको छ। स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको उक्त ‘वर्ल्ड इकोनोमी फोरम’मा सहभागि हुन उनी त्यसतर्फ जाने भएका छन्।

प्रधानमन्त्री प्रतिपक्षसँग भागे : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री संसद् र प्रतिपक्षसँग भाग्दै हिँडेको आरोप लगाएका छन्। चितवनको मंगलपुरमा विश्वप्रकाश माध्यमिक विद्यालय भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास बिथोलिएको बताए।

एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन्। चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन्। सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढी छ ।  

यस्तो छ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

त्रिभुवन विमानस्थल मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। संसारका हरेक मुलुकबाट हवाईमार्गमार्फत आउने पर्यटक सर्वप्रथम यहीं अवतरण गर्दछन्। विमानस्थलले सिमित क्षेत्रमा मात्रै ट्रली गुडाउन अनुमति दिएको कारण यात्रुहरु समस्यामा परेका छन्। 

किन बहिष्कार गरे प्रदेश नाम संकलन कार्यक्रम (भिडियोसहित)

प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन गर्न गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रम मधेस आन्दोलनका सक्रिय युवाले बहिष्कार गरेका छन्। 

'जनताले प्रदेश सरकारको अनुभुति कहिले पाउने ?'

शुक्रबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनमा प्रदेश सभा सदस्यहरुले जनताले प्रदेश सरकार भएको अनुभुतिसमेत गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। 

डा. केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशन संसदीय सर्वोच्चता विपरीत रहेको बताउँदै एकजना व्यक्ति अनशन बस्दैमा देश बन्धक बन्न अवस्था आउनु उचित नभएको बताएका छन्। 

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ। सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

धनकुटामा राजधानी माग्दै आन्दोलन सुरु

प्रदेश १ को दोस्रो हिउँदे अधिवेशनको मिति तोकिएसँगै धनकुटामा स्थायी राजधानीको माग गर्दै आन्दोलन सुरु भएको छ। प्रदेश १ सरकारको बुधबार बिहान बसेको मन्त्री परिषद् बैठकले माघ २० गतेबाट हिउँदे अधिवेशन सुरु हुने निर्णय गरेको थियो।  

सिरहामा गोली चल्यो

प्रहरीले गोली चलाएर सिरहामा एकजनालाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका सिरहा-९ बस्ने २९ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ।

बहुमूल्य पत्थरसहित पाँच पक्राउ

अवैध रुपमा बहुमूल्य पत्थर ओसारपसार गरेको आरोपमा सुर्खेतमा शुक्रबार ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बहुमूल्य पत्थरसहित वीरेन्द्रनगरका ४ का भीमबहादुर सुनार, वीरेन्द्रनगर ५ का नवीन कँडेल, वीरेन्द्रनगर ८ का सुरेन्द्र शाही, बराहताल ८ का भक्तबहादुर पाण्डे र सोही ठाउँका तेजेन्द्र बस्नेत पक्राउ परेका हुन्।

कांग्रेसको प्रश्न : स्विस बैंकबाट रकम फिर्ता हुन्छ?

नेपाली कांग्रेसले स्विस बैंकमा नेपालीले अवैध रुपमा जम्मा गरेको रकम फिर्ता गर्न माग गरेको छ। संघीय संसद्को शुक्रबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले स्विजरल्यान्डको बैंकमा राखिएको रकम फिर्ता गर्न माग गरेका हुन्।

मनोजराज र अन्जुले एक स्वरमा भने, 'सम्झे पनि तिम्रो याद..'

गायिका अन्जु पन्तले पूर्व पति गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । उनले मनोजसँग ‘सम्झे पनि तिम्रो याद...’ बोलको गजल गीत गाएकी हुन् । 

नेपथ्यको रौनक : फिदिमको मैदानमा इलामको तातो

तिमी देऊ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु, आऊ मिलाउँ हाम्रा हातहरु, न्याय र समानताको लागि, आऊ मिलाउँ हाम्रा हातहरु’। कुनै समय रामेश र मन्जुलले राल्फा अनि संकल्प कालमा गाएका गीतको यो लाइन सुनाइसकेपछि मञ्चबाटै गायक अमृत गुरुङले सोधे, ‘मेरो हात सदैव डा. गोविन्द केसीसँग छ। तपाईहरुको हात नि?’

नेपाल महिला टी-२० स्म्यासको फाइनलमा

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली थाईल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेलमा ईन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनल प्रवेश गरेको हो।

एन्फाले महिला राष्ट्रिय टोलीलाई जनही नगद ५० हजार दिने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल टोली र महिला यू १९ टोलीलाई नगद जनही ५० हजार पुरस्कारसहित सम्मान गर्ने भएको छ। गत नोभेम्बरमा म्यानमारमा सम्पन्न भएको ओलम्पिक छनोटको दोस्रो चरणमा पैवश गर्न सफल महिला राष्ट्रिय फुटबल टोलीका हरेक सदस्यलाई ५० हजार रुपैयाँ दिने एन्फा कार्यसमितिको बैठकले बिहिबार निर्णय गरेको छ। 

इयूद्वारा अमेरिकासँग ‘सीमित’ व्यापार सम्झौता गर्ने योजना

यूरोपेली यूनियन (इयू) ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको छ। इयूको यो योजना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको व्यापार युद्धलाई जोगाउने प्रयास भएको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।