बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ को नामाकरण : ‘मिथिला’ र ‘मधेश’ बारे मिश्रित सुझाव

प्रदेश २ को नामाकरण : ‘मिथिला’ र ‘मधेश’ बारे मिश्रित सुझाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को राजधानी तोक्नेबारे एकमत देखिएपनि नामाकरणको सवालमा मिश्रित सुझाव दिइएको छ। वादविवाद तथा हो-हल्लाका बीच प्रदेश सरकारले स्थायी राजधानी र नामाकरण विवाद टुंग्याउन गठन गरेको सुझाव आयोगले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरु राजधानीबारे एकमत देखिएपनि नामाकरणको सवालमा विभाजित भएका छन्।

कार्यक्रममा सहभागी मधेश केन्द्रीत दलका नेताहरु मिथिला भोजपुराको विरोधमा देखिए । उनीहरुले विभित्र आन्दोलनका परिवर्तनहरुलाई संस्थागत गर्न प्रदेश २ को नाम ‘मधेश’ राख्नुपर्ने सुझाव दिएका थिए।

राजपाका सचेतक परमेश्वर साह, संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य चमेली देवी दासलगायतका सांसदहरु प्रदेश २ को स्थायी राजधानी जनकपुर र नाम मधेश हुनुपर्नेमा जोड दिएका थिए।

यता प्रतिपक्षी नेकपा र कांग्रेसका नेताहरुले पनि राजधानी जनकपुर हुनुपर्ने बताएपनि नामाकरण भने ‘मिथिला–भोजपुरा’ हुनुपर्नेमा जोड दिएका थिए । 
नेपाली कांग्रेसका सांसद प्रमिला देवी दास, कांग्रेस नेता किशोरी साहलगायतका नेताहरुले २२ जिल्लाको मधेशको भूगोललाई ८ जिल्लामा सीमित गर्न नहुने बताउँदै उनीहरुले ‘मिथिला–भोजपुरा’ बिनाको नामाकरण स्वीकार्य नहुने बताएका थिए।
 
यता नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । सांसद मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकार फजूल खर्चमा फसेको आरोप लगाए।

‘स्थायी राजधानी, नामाकरण र भाषाबारे दुइ तिहाइबाट प्रदेशसभाले निर्णय गर्ने हो,’ सांसद मण्डलले भने,‘आयोग गठन गरेर प्रदेश सरकार आफ्नै लागि सुझाव संकलन गरिरहेको छ । यसको कुनै अर्थ र औचित्य छैन्।’ एउटै कामको लागि दोहरो खर्च गरेर प्रदेश सरकार पेटपाल्ने काम गरेको उनको आरोप छ।

सरकारले प्रदेशको नामाकरण, भाषा तथा राजधानी विधेयक सदनमे नलगि सुझाव संकलनको नाउँमा आयोग गठन गरेर भाषालाई गौण गर्न खोजेको मण्डलले बताए।
‘मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी दुबैले आफ्नो नामबाट मधेश शब्द हटाइ सकेको छ । तर आज प्रदेशको नामाकरण मधेश किन चाहियो?,’ मण्डलको प्रश्न थियो।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रदेशको राजधानी जनकपुर हुनुपर्ने बताउँदै सरकारले सुझाव संकलनको नाउँमा आयोग गठन गरेर आठ जिल्लाका जनताबीच झगडा लगाउने काममात्र गरेको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।