बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किन बहिष्कार गरे प्रदेश नाम संकलन कार्यक्रम (भिडियोसहित)

किन बहिष्कार गरे प्रदेश नाम संकलन कार्यक्रम (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरणबारे सुझाव संकलन गर्न गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रम मधेस आन्दोलनका सक्रिय युवाले बहिष्कार गरेका छन्।

प्रदेश सरकारले प्रदेशको नामकरण र स्थायी राजधानीको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा अध्यक्षतामा गठन गरेको सुझाव आयोगको कार्यक्रम शुक्रबार जनकपुरका आन्दोलनकारी युवाले बहिष्कार गरेका हुन्।

सुझाव आयोगले प्रदेशको स्थायी राजधानी र नामकरणबारे आठै जिल्ला पुगी सुझाव संकलन गर्दै आइरहेको छ। यसै क्रममा आयोगले शुक्रबार जनकपुरमा सुझाव संकलन कार्यक्रम राखेको थियो।

नामकरण र स्थायी राजधानी तोक्ने कार्यक्रम होटलको बन्द कोठामा राखिएको भन्दै मधेस आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका युवा समूहले हो-हल्ला गर्दै कार्यक्रम बहिष्कार गरेका थिए।

मधेस आन्दोलनमा स्वतन्त्र समूहबाट नेतृत्व गरेका युवा सुशील कर्ण, सरोज मिश्र, अरुण झालगायतका युवाले खुला स्थानमा कार्यक्रम राखेर सुझाव संकलन गर्न माग गरेका थिए। साथै प्रदेशको राजधानी, नाम तथा भाषा प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुने विषय रहे पनि जिल्ला जिल्ला पुगेर सुझाव संकलनका नाउँमा जनता भिडाउने षडयन्त्र सरकारले गरेको उनीहरुले आरोप लगाएका थिए। युवाहरु बहिष्कार गरेर बाहिरिए पनि सुझाव संकलन कार्यक्रम चलेको थियो।

प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विषयमा विवाद उत्कर्षमा पुगेपछि प्रदेश सरकारले सुझाव संकलन गर्न भन्दै नीति आयोगका उपाध्यक्ष झाको अध्यक्षतामा आयोग गठन गरेको छ।

तर स्थायी राजधानी र नामाकरणबारे निर्णय गर्ने अधिकार प्रदेश सरकारको भएपनि आयोग गठनको नाउँमा प्रदेश सरकारले जनता लडाउन खोजेको सुझाव संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले बताएका थिए। ‘राजधानी र नामाकरण गर्ने अधिकार प्रदेशसभाले पाएको छ,’ मिश्रले थपे, ‘जनताले निर्वाचित गरेर पठाएका दुई तिहाई जनप्रतिनिधिको बहुमतबाट हुने कामका लागि आयोग गठन गरेर प्रदेश सरकारले जनता लडाउने काममात्र गरेको छ।’
 
भिडियो

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।