बिहीबार, साउन १४, २०८३

प्रधानमन्त्री प्रतिपक्षसँग भागे : पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री संसद् र प्रतिपक्षसँग भाग्दै हिँडेको आरोप लगाएका छन्। चितवनको मंगलपुरमा विश्वप्रकाश माध्यमिक विद्यालय भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास बिथोलिएको बताए। उनले यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद् र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए।

उनले भने, ‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्रित गर्नुपर्नेमा तीनै काममा असफल भएको छ। सुरक्षा विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन तर सरकार यी तीनै विषयमा असफल भइसक्यो।’

वरिष्ठ नेता पौडेलले वर्तमान कम्युनिस्ट पार्टीलाई काम सुवर्ण अवसर पाएको बताए। उनले भने, ‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ। कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ। कम्युनिस्ट सरकारले काम गर्ने बेला हो। वातावरण पनि अनुकूल छ।’

उनले काम गर्ने सुवर्ण अवसर पाए पनि कम्युनिस्ट सरकार देशलाई सुशासन  दिने काम गर्न नसकेको बताए। उनले भने, ‘झन् अहिले हरेक क्षेत्रमा भ्रष्टाचारका काण्ड बाहिर आएका छन्। शान्ति सुरक्षाको अवस्था पनि त्यस्तै छ। सरकार मुलुकलाई विकास दिन होइन भएका योजना भत्काउन लागेको छ। प्रधानमन्त्री संसद् र प्रतिपक्षसँग भाग्दै हिँड्नुभएको छ।’

पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘कम्युनिस्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्दै हुनुहुन्छ। लोकतन्त्र नभएको भए ठ्यामका ठ्याम विकास हुन्थ्यो भन्नुहुन्छ। उहाँले १० वर्षे द्वन्द्वमा ठ्यामका ठ्याम गरेर मुलुकको विकासलाई अस्तव्यस्त बनाउनुभयो।’

पौडेलले शिक्षा र स्वास्थ्यलाई राज्यले आफ्नो दायित्वका रुपमा लिनुपर्ने स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।