बिहीबार, साउन १४, २०८३

बहुमूल्य पत्थरसहित पाँच पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- अवैध रुपमा बहुमूल्य पत्थर ओसारपसार गरेको आरोपमा सुर्खेतमा शुक्रबार ५ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बहुमूल्य पत्थरसहित वीरेन्द्रनगरका ४ का भीमबहादुर सुनार, वीरेन्द्रनगर ५ का नवीन कँडेल, वीरेन्द्रनगर ८ का सुरेन्द्र शाही, बराहताल ८ का भक्तबहादुर पाण्डे र सोही ठाउँका तेजेन्द्र बस्नेत पक्राउ परेका हुन्। उनीहरुको साथबाट साढे ११ केजी (११.५०० केजी) पत्थरसमेत नियन्त्रणमा लिइएको छ। 

कालिकोटबाट बा १९ च ३५७२ नम्बरको स्कारपियोमा सुर्खेततर्फ आउँदै गरेको उनीहरुलाई विशेष सूचनाका आधारमा प्रहरीले प्रक्राउ गरेको जनाएको छ। सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार प्रक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।