बिहीबार, साउन १४, २०८३

मन्त्रीले सचिव कुटेको विरोधमा सरकारी कार्यालय ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सचिवलाई कुटपिट गरेको भन्दै मन्त्रीलाई कारबाही माग गर्दै निजामती कर्मचारीले जनकपुरका सरकारी कार्यालय ठप्प पारेका छन्। प्रदेश २ को पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको भन्दै अर्थमन्त्री विजय यादवलाई कारबाही माग गर्दै निजामती कर्मचारीले कार्यालय ठप्प पारेका हुन्।

सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाई मन्त्री यादवले कुटपिट गरी दुव्र्यवहार गरेको भन्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म ‘पेन डाउन’ गरेका छन्। कर्मचारी ‘पेन डाउन’ गरी आन्दोलनमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय, यातायात, मालपोत, नापी, राजस्वलगायतका कार्यालयमा कामकाज ठप्प भएको छ।

आधिकारिक ट्रेड युनियनले यसअघि बिहीबार बिहान १० बजेदेखि १२ सम्म ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका थिए। कर्मचारी कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेपछि सेवाग्रही समस्यामा परेका थिए। जिल्लाको विभित्र स्थानबाट कामको सिलसिलामा सदरमुकाम जनकपुर पुगेका सेवाग्राहीलाई बिहान १० बजेदेखि १ बजेसम्म कुर्नुपरेको थियो।

मन्त्री र सचिवको विवादका कारण आफूहरुलाई समस्या भइरहेको भन्दै उनीहरुले यथाशीघ्र समस्या सामाधन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।

सचिवउपर हातपात भएको ६ दिन बितिसक्दा पनि प्रदेश सरकारले कुनै सामाधान निकाल्न सकेको छैन।    सचिव झालाई कुटपिट गरेको भन्दै मन्त्रीय यादवलाई कारबाही गर्न निजामती कर्मचारीले सोमबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्र बुझाएका थिए।

गरिबी निवारण कोषअन्तर्गत लघु उद्यमसम्बन्धी कार्यक्रमका लागि आफूले सिफारिस गरेको एनजीओ छनौट नभएको निहुँमा सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेका थिए। कुटपिटपछि आवेशमा आएका सचिव झाले समेत मन्त्री यादवविरुद्ध अपशब्द प्रयोग गरेका थिए।

घटना छानबिन गर्न प्रदेश सरकारले आइतबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनाको छानबिन गरी सात दिनभित्र समितिलाई आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।