काठमाडौं- नेपाली कांग्रेसले स्विस बैंकमा नेपालीले अवैध रुपमा जम्मा गरेको रकम फिर्ता गर्न माग गरेको छ। संघीय संसद्को शुक्रबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले स्विजरल्यान्डको बैंकमा राखिएको रकम फिर्ता गर्न माग गरेका हुन्। बडूको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस विषयमा सरकार कानुन सम्मत हिसाबले अगाडि बढ्ने बताए।
उनले भने, ‘अवैध रुपमा जम्मा गरिएको रकम भ्रष्टचारसरह हो। त्यसलाई फिर्ता गर्न सरकार कटिबद्ध छ।’ प्रधानमन्त्री ओली आगामी साता स्विजरल्यान्डमा हुने आर्थिक मञ्चको बैठकमा भाग लिन त्यसतर्फ जाने कार्यक्रम छ।
बुधबार खोज पत्रकारिता केन्द्र (खोपके) र दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेभ जर्नालिस्ट्स (आइसिआइजे) ले नेपालका विभिन्न व्यक्तिहरुले स्विस बैंकमा अवैध रुपमा ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रुपैयाँ जम्मा गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४