बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : ओली

डा. केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशन संसदीय सर्वोच्चता विपरीत रहेको बताउँदै एकजना व्यक्ति अनशन बस्दैमा देश बन्धक बन्न अवस्था आउनु उचित नभएको बताएका छन्। संघीय संसद्को शुक्रबारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जबाफ दिँदै उनले भने, ‘एकजनाको अनशनले देशै बन्धक हुने, तर्क, तथ्य, संविधान, कानुनले काम नगर्ने हामी कस्तो अवस्थामा।’

उनले डा. केसीसँग यसअघि भएको सम्झौता कार्यान्वयन गर्न सरकारले प्रतिबद्ध रहेकैले कानुन निर्माण गरी संसद्मा पेस गरिएको जानकारी दिए। उनले भने, ‘सम्झौता सत्य निरुपण होइन, तत्कालीन परिस्थितिको उपज र आवश्यकता हो। त्यस सम्झौताप्रति सरकार प्रतिबद्ध छ। त्यसैअनुसार संसद्मा ऐन पेस गरेको छ।’

प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चता, सार्वभौमिकताप्रति, जनताको अधिकारकाप्रति र नीति निर्माणको स्वतन्त्रताप्रति आफू नतमस्तक रहेको बताए। उनले भने, ‘ डा. केसीसँग यसअघि पनि सम्झौता भएका थिए। यो अनशन सोह्रौं पटक हो। संसद्मा प्रधानमन्त्रीको सर्वोच्चता छ भन्दैमा संसदीय सर्वोच्चताको मर्यादा र गरिमालाई थिचोमिचो गर्न मिल्दैन। म संसद्को आदेश पालन गर्छु, म आदेश दिन सक्दैन। सरकारले ल्याएको कानुन संसद्ले पारित गर्न पनि सक्छ, नगर्न पनि सक्छ।’

उनले कानुनको सर्वोच्चता र कानुन हरेकले मान्नुपर्ने बताउँदै कानुनभन्दा माथि कोही नरहेको बताए। उनले भने, ‘हामी सबै संविधान र कानुनको अधीनमा छौँ। आफ्ना सम्झौताप्रति सरकार प्रतिबद्ध छ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।