काठमाडौं- नेपाली महिला राष्ट्रिय क्रिकेट टोली थाईल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनल खेलमा ईन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।
नेपालले दिएको १ सय २० रनको लक्ष्य पक्ष्याएको इन्डोनेसियाले ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो । उस्का लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान रुविना क्षेत्री वेलवासेले घातक बलिङ गरिन् । उनले ३ ओभरमा २ मेडन सहित २ रन खर्चर ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, नेरी थापा, सरिता मगर र सिता राना मगरले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र तीा विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले उकृष्ट ब्याटिङ गरिन ।
उनले उत्कृष्ट पारी खेल्दै सर्वाधिक ४८ रन बनाईन । त्यस्तै इन्दु बर्मा रन ३७ रनमा अविजित रहँदा, काजल श्रेष्ठले १४ रन बनाईन् । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । त्यस्तै दोस्रो तथा तेस्रो खेलमा मलेसिया र युएईलाई ६ विकेटले पराजित गरेको थियो भने समूहको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरे थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४