बिहीबार, साउन १४, २०८३

धनकुटामा राजधानी माग्दै आन्दोलन सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी - प्रदेश १ को दोस्राे हिउँदे अधिवेशनको मिति तोकिएसँगै धनकुटामा स्थायी राजधानीको माग गर्दै आन्दोलन सुरु भएको छ। प्रदेश १ सरकारको बुधबार बिहान बसेको मन्त्री परिषद् बैठकले माघ २० गतेबाट हिउँदे अधिवेशन सुरु हुने निर्णय गरेको थियो। 

हिउँदे अधिवेशन बोलाइएकै दिन वार्ताका लागि आह्वान गरेका सरोकारवालाले बिहीबारबाट औपचारिक आन्दोलन सुरु गरेका छन्। धनकुटाको मदन चौकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरेर मदन चौकमा आइ टुंगिएको थियो। 

र्‍यालीमा नेकपाका प्रदेश सांसद आरसी तुम्बा, नेपाली कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राई, उद्योग वाणिज्य संघ धनकुटाकी उपाध्यक्ष तारा तितङ लगायतको  सहभागिता रहेको थियो। र्‍यालीमा सहभागिहरुले धनकुटा प्रदेश १ को  स्थायी राजधानी बन्न लायक र पायक भएको भन्दै बताएका थिए। उनले सबैलाई पायक पर्ने भएकाले धनुलाई नै स्थायी राजधानी तोकिनु पर्ने माग राखेका थिए।

दुई अधिवेशनबाट नटुंगिएको राजधानी र नाम

यसअघी दुई अधिवेशनले पनि प्रदेश १ को राजधानीको टुंगो लगाउन सकेको थिएन। अघिल्ला हिउँदे र बर्षे अधिवेशनले यो विषयमा टुंगो लगाउन नसकेकाले आन्दोलनको अवस्था सिर्जना भएको प्रदेश सांसद सर्वध्वज साँवाले बताए।
 
प्रदेश १ को पहिलो हिउँदे अधिवेशन प्रदेशसभा बनेपछि गत माघ २२ गते सुरु भएर बैशाख २६ गते सकिएको थियो। माघ २९ गते  सभामुखमा प्रदीप भन्डारी चयन हुनु अगाडीसम्म जेष्ठ सदस्य ओमप्रकाश सरावगीले अध्यक्षता गरेका थिए।  

यस्तै प्रदेश १ को बर्षे अधिबेसन जेठ १६ गते सुरु भएर असोज २३ गते सकिएको थियो। 

पछिल्ला एक बर्षमा भएका दुई संसदिय अधिवेशनबाट प्रदेश १ मा २३ वटा बिद्येयकहरु पास भएका छन्। तर, स्थायी राजधानी र नामाकरणका सर्वाधिक चासोका विषय भने सदनमा प्रवेश गरेका छैनन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिउँदे अधिवेशनबाट प्रदेश १ को स्थायी राजधानी र नामको छिनोफानो हुने बताउँदै आएका छन्। 

राजधानीको लागी ४ नामको लागी ८ प्रस्ताव

प्रदेश १ को अस्थायी राजधानी विराटनगर सहित इटहरी, धरान र धनकुटा स्थायी राजधानीको रेसमा रहेका छन्। प्रदेश १ को नाममा भने कोशी, सगरमाथा, किरात, कोशि किरात, सगरमाथा किरात, लिम्बुवान र किरात खम्बुवान, विराट, बिजयपुर आदि नामहरु चर्चामा छन्। 

यस्तो छ, सांसदको दलिय अंकगणित

दुई तिहाइ सांसद भएको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन् भने नेपाली कांग्रेसका २१ छन्। यस्तै, संघिय समाजवादी फोरमका ३, राप्रपा र संघिय लिम्बुवानका १/१ सांसदहरु प्रदेश १ को प्रदेशसभामा रहेका छन्। सबै सांसद्का राजधानी र नामका विषयमा आ–आफ्नै खाले तर्क छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।