इलाम – इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि बिहीबार मध्यराति काठमाडौं ल्याइएको छ।
डा. केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि काठमाडौं ल्याइएको बताइएको छ। डा. केसीका सहयोगी अविशेषराज सिंहले केसीको शारीरिक स्थिति एकदमै कमजोर बन्दै गएकाले चिकित्सकको टोलीसँगको समन्वयमा काठमाडौं ल्याइएको बताए।
उनका अनुसार डा. केसीलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको र त्यहाँबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याइएको छ । डा. केसीलाई साडेतीन बजे काठमाडौं पुगाइएको थियो। उनको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४