बिहीबार, साउन १४, २०८३

राजेन्द्रपछि राजपा संयोजक बन्दै महेन्द्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक बनेको ५ माघमा दुई महिना पुग्दै छ। राजपाको विधानअनुसार हरेक दुई महिनापछि संयोजक परिवर्तन हुने व्यवस्था छ। र, विधानको सोहि व्यवस्था टेकेर ५ मंसिरमा यसअघि संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै महतो संयोजक बनेका थिए।

महतोको दुई महिने कार्यकाल सकिनै लाग्दा शुक्रबार केन्द्रीय अध्यक्षमण्डलको बैठक बसी मर्यादाक्रमका तेस्रो नेता महेन्द्रराय यादवलाई पार्टी संयोजक बनाउने तयारी रहेको एक केन्द्रीय नेताले बताए। उनका अनुसार शुक्रबार बस्ने अध्यक्षमण्डलको बैठकले रायलाई अध्यक्षमण्डलको नयाँ संयोजकको रुपमा चयन गर्ने निर्णय गर्नेछ।

राजपाका एक शीर्ष नेताले भने, ‘प्रणालीअनुसार महतोजी संयोजक बन्नु भएको छ। उहाँको दुई महिने कार्यकाल माघ ५ गते पुरा हुँदैछ । विधानअनुसार महेन्द्रजी नयाँ संयोजक बन्नु हुनेछ, हामीलाई विश्वास छ।’

पार्टीको विधानअनुसार २-२ महिनापछि अध्यक्षमण्डलको संयोजक फेर्ने प्रावधान रहेपनि पार्टी एकीकरण भएदेखि ठाकुर नै पार्टी संयोजक थिए । तर, विगत ५ मंसिरमा बसेको अध्यक्षमण्डलको बहुमत सदस्यले संयोजकमा महतोलाई नियुक्त गर्ने निर्णय गरेको थियो। 

अध्यक्षमण्डलको सबै निर्णय सर्वसम्मतिबाट हुनुपर्ने वैधानिक व्यवस्थाविपरित बहुमतले निर्णय गरिएको भन्दै कतिपय राजपा नेता तथा कार्यकर्ताबीच असन्तुष्टि पनि बढेको थियो।

संयोजक परिवर्तनपछि बढेको असन्तुष्टिको कारण धनुषामा उत्पत्र विवाद राजपा अध्यक्षमण्डलले अझै सामाधान गर्न सकेको छैन्। 

कार्यकर्ताभित्र रहेको असन्तुष्टि साम्यपार्न केन्द्रले सबै जिल्लामा पौष १८ गते जिल्लास्तरीय विस्तारित बैठक डाकेको थियो। अन्य जिल्लाहरुमा बैठक बसेपनि धनुषामा विस्तारित बैठक बस्न सकेको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।