बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली पर्यटनको ब्रान्डिङ गर्दै पूर्व अमेरिकी राजदुत डेलिसी

नेपाली पर्यटनको ब्रान्डिङ गर्दै पूर्व अमेरिकी राजदुत डेलिसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- नेपालका लागी पूर्व अमेरिकि राजदुत स्कट डेलिसीले नेपालको पर्यटकिय प्रचार गर्दैछन्। नेपालले सन २०२० मा २० लाख पर्यटक ल्याएर नेपाल भ्रमण बर्ष मनाउने उद्घोष गरेको बेला डेलिसीले प्रचार गरेका हुन्। 

आफ्नो सामाजीक  संजाल ट्विटर  मार्फत डेलिसीले नेपालका प्रचार गरेका हुन्। तीन दिन अगाडि एक ट्विट गर्दै डेलिसीले लेखेका छन, ‘यदि तपाँइ धनि संस्कृति, अनौठा वन्यजन्तु र चित्ताकर्षक दृष्यहरु हेर्न चाहानुहुनछ भने नेपाल भ्रमण तपाँइको अर्को अन्तराष्ट्र्रिय विदाको पुर्ण गन्तव्य हुन सक्छ। नेपाल पर्यटन बोर्डको सन २०१८ को तथ्यांक अनुसार नेपालमा १० लाख पर्यटकहरुले भ्रमण गरेका थिए।’

एक दिन अगाडि माघे  सक्रान्तीको बारेमा पनि लेखेका डेलिसीले इन्गेज नेपाल ह्यासट्यागमा अन्य थुप्रै ट्विटहरु नेपाल र नेपाली बारेमा गरेका छन। अमेरिकि राजदुत नान्सी पावेलको कार्यकालपछि सन २०१० को जुन १४ देखी २०१२ जुन २४ सम्म नेपालका लागी अमेरिकि राजदुत भएका थिए डेलिसी। 



हाल उनले कुटनितिबाट सन्यास लिएर एक फाउन्डेसनमा जोडिएका छन्। उनी सोरवे फाउन्डेसनका कार्यकारी निर्देशक भएर विभिन्न परोपकारी काममा व्यस्त छन । उनको फाउन्डेसनका अधिकांश कामहरु नेपालमा हुने उनको ट्टिर ह्यांडलबाट जानकारी हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।