काठमाडौं- स्विडेनका योहान कालिनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको बैठकले उनलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो ।
मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको एनफाले जनाएको छ । सन् २०१९ को मार्चबाट उनले राष्ट्रिय टोली र युवा टोलीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
यससँगै कालिनले मार्च २२ देखि कतारमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणदेखि जिम्मेवारी निर्वाह गर्ने बुझिएको छ । विदेशी प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले बेर्होदै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४