धनगढी- इलाका वन कार्यालय भजनी कैलालीमा कार्यरत एक फरेस्टरलाई दश हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको छ।
सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा फरेस्टर हरिसचन्द्र कुमारलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय महेन्द्रनगरबाट गएको टोलीले वन कार्यालयमै घुस लिइरहेको समयमा उनलाई पक्राउ गरेको अख्तियार प्रदेश प्रमुख ज्ञानेन्द्र ढकालले जानाकरी दिए।
उनले चन्द्रलाई थप अनुसन्धान पछि मुद्दा दायर गरिने जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४