बिहीबार, साउन १४, २०८३

पर्सालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज- वीरगंज महानगरपालिकाको कार्यालयले महानगरको बस्तीहरुमा स्वच्छता कायम ‌‌‌‌‌‌‌‌‌‌‌राख्नको लागी खुला दिशा मुक्त क्षेत्र घोषणालाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ।

बिहिबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानी  सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी नगर प्रमुख विजय कुमार सरावगीले खुला दिशामुक्त नभएसम्म सम्बन्धित वडाको बजेट निकासामा कडाई गरिने बताए। 

उनले भने, 'खुला दिशामुक्त घोषणा गर्न बाँकी वडाहरुलाई घरमा चर्पी निर्माणसँगै सचेतना कार्यक्रम संचालन गर्न आवश्यक सहयोग गर्न तयार छौं। तर तोकिएको समयमा पुरा नभए सबैखाले  बजेटको निकासा रोक्न समेत बाध्य हुनेछौँ।'

बैठकमा सहभागीले पर्सा जिल्लालाई चैत मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले जिल्लामा बाँकी रहेका स्थानीय  निकायलाई फागुन मसान्तसम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो वर्षभित्र  पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका हुन्।

कार्यक्रममा सहभागीहरुले बाँकी रहेका स्थानीय निकायका वडावासीलाई चर्पि उपयोगीताको लागी सबै उपायहरु अपनाउने निर्णय गर्दै खुला दिशापिसाब गर्ने व्यक्तिलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत गरेका छन्।

बैठकले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले फागुन‌ महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गर्दै खुलादिशा मुक्त घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा कार्यदल बनाउने राखेको प्रस्ताव पारित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।