मंगलबार, चैत २४, २०८२

दिलिप नाथको शतकिय पारीसँगै पुलिस एमएम कप क्रिकेटको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
सुनसरी- नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान समेत रहेका दिलिप नाथको सानदार शतकिय पारीको मद्दतले पुलिस क्लब मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको सेमिफाइनल खेलमा प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित गर्दै पुसिस फाइनलमा पुगेको हो । पुलिसले लिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश ७ ले ३१.१ ओभरमा सबै उकेट गुमाउँदै मात्र १ सय २३ रन बनाउन सक्यो । 

प्रदेश ७ का लागि बिपिन रावल र लोकश बमले समान २६ तथा नारायण जोशी र नरेन्द्र साउदले समान १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । 

प्रदेश ७ लाई सस्तैमा समेट्न पुलिसका युवा स्पिनर सागर ढकालले ५ विकेट लिए । त्यस्तै नबिन थापा र रामनरेश गिरीले समान दुई दुई विकेट लिए । त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । 

पुलिसलाई नाथले १ सय २५ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय १६ रनमा नट आउट रहे । त्यस्तै मञ्जित श्रेष्ठ ५३, कुशल भुत्तेल २७, योगेन्द्र कार्की २५, प्रेम तामाङ २४ रन जोडेका थिए । प्रदेश ७ का लागि बिकाश आगरीले ३ र विनोद लामा २ एक विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल आर्मी क्लव र प्रदेश १ बीच खेल हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।