काठमाडौं- पुस २९ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा विभिन्न निर्णय गरेको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सिंहदरबारमा बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै आइतबार गरिएका विभिन्न १३ वटा निर्णय सार्वजनिक गरेका हुन्।
निर्णयहरु :
मन्त्रिको तलब, सेवा सुविधावापतको भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०७५ स्वीकृत ।
लगानी सम्मेलन २०७५ चैत १५ र १६ गते काठमाडौंमा निर्णय ।
कर्मचारी सञ्चय कोषको अध्यक्षमा शिशिर कुमार ढुंगाना ।
इम्लिमेन्टेसन अग्रिमेन्ट अफ चाइन ऐड अन वयल एन्ड ग्यास तानसेन दैलेख ।
प्रहरी नियमावली २०७५ स्वीकृति ।
विरेन्द्रनगर नगरपालिकामा शित भन्डार स्थापनाका ५० लाख बजेट छुट्टयाउने निर्णय ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई जिटुजी प्रक्रिया अन्तर्गत रेल खरिद गर्ने स्वीकृति ।
जनशक्ति क्षमता विकास प्रतिष्ठान सम्बन्धी विधेयक संसद् पेस गर्न स्वीकृति ।
प्रदेश स्वास्थ्य निर्देशनालयलगातका निकायहरुको संगठन र दरबन्दी पेरिद संशोधन गर्ने।
नेपालमा पानी जहाज कार्यालयको स्थापना, कर्मचारीको दरबन्दी स्वीकृत गर्ने ।
आन्तरिक शान्ति र व्यवस्थापना गर्ने सम्बन्धमा बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति
अघिल्लो साता घोषणा गरिएको नयाँ मर्यादाक्रमलाई राजपत्रमा प्रकाशन गर्ने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४