सोमबार, चैत २, २०८२

ग्रीक प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एथेन्स- मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ। आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १५१ जनाले मतदान गरेका थिए। 

मतदान पश्चात प्रधानमन्त्री सिप्रासले संवाददाताहरुसँग कुरा गर्दै संसदले ग्रीसमा राजनीतिक स्थायित्व कायम राख्न र ग्रीसको अन्तर्राष्ट्रिय विश्वसनीयता आर्जन गर्न सफल भएकामा आभार प्रकट गरे। 

प्रधानमन्त्री सिप्रासको अघिल्तिर अब छिमेकी मुलुक मेसेडोनियाको नाम सम्बन्धी विवादास्पद विधेयक संसदबाट पारित गराउनुपर्ने चुनौती छ। मेसेडोनियाको नामका बारेमा दुबै मुलुकमा विरोध भएको थियो। 

गत साता मेसेडोनियाका सांसदहरुले ग्रीससँग भएको एक सहमतिबमोजिम आफ्नो मुलुकको नाम परिवर्तन गरी 'उत्तरी मेसेडोनिया गणतन्त्र' राख्न मतदान गरेका थिए। तर, उक्त नाम परिवर्तनलाई ग्रीसको संसदले पनि अनुमोदन गर्नुपर्नेछ। 

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री सिप्रासले सरकारको लक्ष्य नै संविधान संशोधन गर्ने, न्यूनतम ज्याला वृद्धि गर्ने तथा चर्चहरुको जग्गा विवाद सुल्झाउने रहेको बताए। नौ महिनापछि नै संसदको निर्वाचन हुन लागेकाले पनि अहिलेको अविश्वासको प्रस्ताव विफल हुँदा प्रधानमन्त्री सिप्रासलाई फाइदा पुग्ने अनुमान गरिएको छ। 

यद्यपी मेसेडोनिया सम्झौताका बारेमा ग्रीसको संसदमा मतदान हुने मिति तय भइसकेको छैन, तर प्रधानमन्त्री सिप्रासले जनवरी अघि नै उक्त कार्य गरिने बताएका थिए। 

युरोपेली युनियन (इयू) र नेटोले मेसेडोनिया र ग्रीसबीच भएको नाम परिवर्तन सम्बन्धी सम्झौताको स्वागत गरिसकेका छन्। खासगरी, मेसेडोनियालाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता नदिने ग्रीसको विरोधका कारण इयू र नेटोको सदस्यता प्राप्त हुन सकेको थिएन, किनभने ग्रीसभित्रै मेसेडोनिया राज्य समेत रहेको छ। 

उक्त प्रस्तावमाथि ग्रीसभित्रै ठूलो विरोध छ। ग्रीसका धेरै नागरिकले एकीकृत मेसेडोनिया (ग्रीसको उत्तरी राज्य र स्वतन्त्र मेसेडोनिया) लाई आफ्नो ऐतिहासिक सांस्कृतिक सम्पदा स्थलका रुपमा लिन्छन्। यो ठाउँलाई अलेक्जान्डर द ग्रेटले विश्वचर्चित बनाएका थिए। 

उत्तरी ग्रीसका धेरै शहरमा स्थानीय सांसदहरुलाई नाम परिवर्तनको विपक्षमा मतदान गर्न अनुरोध गर्दै शहरहरुमा पर्चा टाँसिएका थिए । केही सांसदले आफूहरुलाई धम्की पनि आएको बताएका छन्। 

पर्चा टाँसेको विरोधमा प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गर्नुका साथै धम्की दिने व्यक्तिहरुका बारेमा अनुसन्धान गरिरहेको छ। विपक्षी नेता तथा सांसदहरुले ग्रीसका प्रधानमन्त्रीले संसदमा १५१ मतका साथ विश्वासको मत पाए पनि मेसेडोनियाको नाम फेर्न दिने सम्बन्धी संसदमा हुने मतदानमा पराजित हुने दाबी गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।