बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वत बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, ३१ घाइते

पर्वत बस दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो, ३१ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गलकोट – पर्वतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको  छ। बिहीबार बिहान कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा  ग १ प ६१०८ नम्बरको बस दुर्घटना परेको थियो। दुर्घटनामा मृतकको संख्या सात पुग्नुका साथै घाइतेको संख्या ३१ पुगेको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ। 

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। 

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।