बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आठौँ राष्ट्रिय खेलकूद आयोजना गर्न युद्धस्तरमा नेपालगञ्‍ज

आठौँ राष्ट्रिय खेलकूद आयोजना गर्न युद्धस्तरमा नेपालगञ्‍ज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज- पूर्वको विराटनगरमा भएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीलगायत नेपालगञ्जका सबै पक्षले झण्डा ग्रहण गरेका थिए । 

तर, सोचे अनुरुप आठौं राष्ट्रिय खेलकुद समयमै गर्न प्रदेश नं ५ अर्थात नेपालगञ्जवासीले सकेनन् । पटक पटक वृहत खेलकुदको मिती सर्दै जानु सम्पुर्ण नेपाली खेलकुद प्रतिको विश्वास घट्दै जानु हो । 

दुई दुई बर्षमा हुने भनिएको वृहत खेलकुद प्रतियोगिता समयमै नहुनुले खेलकुदमा लागेका खेलाडीलाई समेत मार पर्ने गर्दछ । यसै खेलकुदको अस्तव्यस्तले गर्दा कयौ राम्रा खेलाडी खेलै छोडी पलाएन समेत भएका छन् । 

नेपाली खेलकुदमा देखिएको अस्तव्यस्तकै कारण खेलाडीले आफ्नो भविष्य नख्दा विदेश पलाएन हुन बाध्य भएका छन् । प्रतियोगिताको मुखैमा पुग्दा मात्र तात्ने नेपालीको बानिले आठौं खेलकुद सम्म पुग्दा समेत छोडेन । 

पटक पटकको मिती सर्दा बल्ल खेलकूदको भौतिक पूर्वाधार निर्माणमा नेपालगञ्जवासी र मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ युद्धस्तरमा जुटेको छ । ‘आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटेका छौँ’, अध्यक्ष ओलीले भने । 

नेपालगञ्जमा २०१० सालमा निर्माण गरिएको रङ्गशालालाई भण्डै २५ करोडको लागतमा अहिले अत्याधुनिक बनाइँदैछ । रङ्गशाला क्षेत्रभित्र कभर्डहलको मर्मतसम्भार, नयाँ सुटिङरेन्ज, भारोत्तोलन, पौडीपोखरी, क्रिकेट मैदानलगायत संरचना अहिले आएर कामको चटारो देखाएका छन् । 

प्रतियोगिता गत मङ्सिर २१ गते गर्ने आयोजना गर्ने भनिए पनि समयै भौतिक पूर्वाधार निर्माण नभएको भन्दै सारीयो । अहिले राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले फागुनको दोस्रो सातादेखि सो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । 

अहिले भौतिक पूर्वाधार निर्माणको माक ९० प्रतिशत सम्पन्न भएको र अब तोकिएकै समयमा प्रतियोगिता सञ्चालन हुने अध्यक्ष ओलीले बताए । नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् । 

आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन र समापन नेपालगञ्ज रङ्गशालामा गरिनेछ भने बाँकेको कोहलपुर र खजुरा, बर्दियाको गुलरिया र ठाकुरद्वारा, दाङको बेलझुण्डी, कपिलवस्तु र रुपन्देहीमा समेत केही खेल हुने अध्यक्ष ओलीले बताए । 

प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मष्कट’का रुपमा राखिने छ । प्रतियोगितामा ३५ खेलका पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।