बिहीबार, साउन १४, २०८३

सप्तरीमा प्रहरीमाथि गाेली प्रहार, अवस्था गम्भीर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लहान- अज्ञात समूहको गोली प्रहारबाट एक प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । 

सप्तरीको खडक नगरपालिका–७ स्थित बिसनपुर चोकमा गस्ती गरिरहेका बेला बुधबार साँझ ८ः३० बजे प्रहरी हबलदार महेन्द्रप्रसाद यादवलाई मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी फरार भएको कल्याणपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए । 

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हबल्दार यादवलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ भने गोली हानी फरार भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच घटनाको सशस्त्र समूह प्रगतिशील तराइ मुक्ति मोर्चाले जिम्मा लिएको छ । मोर्चाका मिलेट्री चिफ निशान थारुले कार्वाही स्वरुप गोली चलाएको संचारकर्मीहरुलाई फोन गरेर जानकारी दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।