बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीलाई जबर्जस्ती गरेको आरोपमा श्रीमान् जेल चलान

श्रीमतीलाई जबर्जस्ती गरेको आरोपमा श्रीमान् जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ताप्लेजुङ- आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।