पर्वत- पर्वतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ग १ प ६१०८ नम्बरको बस बिहीबार बिहान कुश्मा नगरपालिका वडा नम्बर १ मालढुंगामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
३ जनाको घटनास्थलमै र २ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हवल्दर गोपाल केसीले जानकारी दिएका छन् । बेनीबाट नारायणघाटतर्फ जाँदै बस सडकबाट ४०० मिटर तल खसेको दुर्घटना भएको थियो ।
मृतकको सनाखत हुन सकेको छैन भने एक दर्जन भन्दा धेरै यात्रु घाइते भएका छन् । घाइतेलाई धौलागिरी अञ्चल अस्पताल बागलुङ उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कति सवार थिए र दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४