बिहीबार, साउन १४, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- आज माघ २ गते बुधबार कहाँ के-के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै 'पेन डाउन’

सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाहीको माग राख्दै निजामती कर्मचारी आन्दोलनमा उत्रिएका छन्। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाको अगुवाइमा सचिव विद्यानाथ झालाई कुटपिट गर्ने प्रदेश २ का अर्थमन्त्री विजय यादवउपर कारबाही माग राख्दै कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रेका हुन्।

केसीको माग सम्बोधन नभए संसद र सडक तताउने कांग्रेसको चेतावनी 

नेपाली कांग्रेसले डा गोविन्द केसीसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन नगरे चर्को दबाबको सामना गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्‍वप्रकाश शर्माले केदारभक्त माथेमा तयार पारेको चिकित्सा शिक्षा अध्ययन प्रतिवेदन लागु नगरे कांग्रेसले त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन्। 

क्रिस्चियन प्रचारको अर्को हथकन्डा : स्वस्थानीको किताबमा यिसुख्रिस्टको कथा

पछिल्लो समय निकै विवाद र समस्याको विषय बनेको छ क्रिस्चियन धर्म प्रचार। विभिन्‍न संघसंस्थाका माध्यमबाट, सहयोग र अनुदान वितरण गर्ने नाममा, विविध कार्यक्रम आयोजना गर्ने नाममा नेपालमा क्रिस्चियन धर्म प्रचार हुँदै आएको कुरा नयाँ होइन। 

सम्पदा पुनः निर्माणको अवलोकनमा प्रधानमन्त्री (फोटो फिचर/ भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन्। २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन्।

केपी ओलीका मतदाता न्याय खोज्दै काठमाडौंमा

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका १५० परिवार न्याय खोज्दै काठमाडौं आएका छन्। ओलीको गृहजिल्ला झापाका दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ती परिवार सरकारले आफूहरूलाई सुकुमबासी बनाउन खोजेको भन्दै न्यायका लागि काठमाडौं आएका हुन्।

बाक्लो लुगाविहीन सुकुम्बासी भन्छन्- 'यो जाडो किन आउँछ?' 

'नानी ! गर्मी मन पर्छ कि जाडो ?' 'गर्मी ।' 'किन ?' 'गर्मीमा कम लुगा लगाए पनि हुन्छ, जाडोमा धेरै लुगा चाहिन्छ तर किन्ने पैसा छैन ।' १० वर्षीया कल्पना राईका हातगोडा धुलोले फुटेका छन् । कपाल मैलो छ।

यस्तो छ सचिव विद्यानाथको विवाद शृंखला

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षभित्रै कुटपिट गरेको घटना देशभर चर्चाको विषय बनेको छ। मन्त्रीले सचिवलाई कुटपिट गरेको भन्दै निजामती कर्मचारी आन्दोलनमा उत्रेका छन्।

छाउगोठको तथ्याकं संकलन गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ। प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो। छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै पनि खटिएका छन्।    

पत्रकारलाई सूचना दिनुको साटो प्रमुख सचिवको दुर्व्यवहार

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद विडारीले सूचना माग गरेको बिषयमा बुझ्न गएका पत्रकार माथि दुव्र्यवहार गरेका छन्। १७ दिन अघि सूचना माग गर्दै कार्यालयमा दिएको निवेदन माथि के कारवाही भयो भनेर बुझ्न गएका दुई जना पत्रकारमाथि विडारीले कार्यकक्षमै दुर्ववहार गरेका छन्।

बाँकेमा गोली चल्यो

पुस २६ गते सुर्खेतका दीपक सिंहको घाटी रेटी हत्या गर्ने अभियुक्त युवराज गिरीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। प्रदेश नं ५ का प्रहरी प्रमुख डिआइजी पीताम्बर अधिकारीका अनुसार गिरीले नेपाल प्रहरीको असईमा भर्ना गर्ने ग्यारेन्टी गरी डेढ लाख  रकम लिएको र असईमा भर्ना गर्न नसकेपछि उक्त कुरा बाहिरिने डरले उनको हत्या गरेको बुझिएको छ। 

गोंगबुमा ग्यास विस्फोट : एकको मृत्यु

गोंगबुको सिद्धेश्वर मन्दिर नजिकै रहेको पिस नेपाल सिसा कारखानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नुवाकोट बेल्कोटका २८ वर्षीय काजी तामाङको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्। उक्त कारखाना श्याम ढुङ्गानाको हो।

मेयरकै घरअगाडि चक्काजाम

सडक फराकिलो गर्न माग राख्दै स्थानीय बासिन्दाले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घरअगाडि चक्काजाम गरेका छन्। जानकी मन्दिर–रामानन्द चोक सडक खण्ड साँघुरो भएको भन्दै स्थानीयवासीले रामानन्द चोकस्थित मेयर साहको घरअगाडि चक्काजाम गरेका हुन्।

वीरगंज नाकाबाट छ महिनामा ७७ अर्ब असुली 

प्रमुख स्थल भन्सार कार्यालय वीरगंज भन्सारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७७ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ। भन्सार कार्यालयले पुस मसान्तसम्ममा ७७ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ संकलन गरेको हो। गत आवको पुससम्ममा कार्यालयले जम्मा ६० अर्ब ५० करोड २२ लाख रुपैयाँ संकलन गरेको थियो। 

राजधानीभित्र पाँच स्थानमा आधुनिक गाडी चार्जिङ मेसिन राखिने

राधानीभित्र पाँच स्थानमा विद्युतिय गाडीको आधुनिक चार्जिङ स्टेसन राखिने भएको छ। सुन्दर यातायातले दिएको जानकारी अनुसार वातावरण विभागका महानिर्देशक झलक राम अधिकारीले राजधानीभित्र विभिन्न  स्थान पहिचान गरी पाँच ठाँउमा आधुनिक विद्युतिय चार्जिङ स्टेशन निर्माण गर्ने बताए।

रोनाल्डोको मुल्य १ वा २ सय मिलियन मात्र नभई अमुल्य छ

पोर्चुगिज क्रिस्टियानो रोनाल्डोका राष्ट्रिय टोली सहकर्मी विलियम कार्भाहालोले अमुल्य भएका बताएका छन्। रियल मड्रिडले रोनाल्डो यसै सिजन बेचेको बिषयलाई उजागर गर्दै विलियमले उनको मुल्य १ वा २ सय मिलियन मात्र नभई अमुल्य भएको बताएका हुन्।

थ्री स्टार क्लब खप्तड गोल्डकपको फाइनलमा

रुस्लान थ्री स्टार क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमाको फाईनल प्रवेश गरेको छ। बुधबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टरले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।  

बम आक्रमणमा परेका करीब सात सयको उद्धार

केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मंगलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ। यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।