सोमबार, चैत २, २०८२

बम आक्रमणमा परेका करीब सात सयको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नैरोबी- केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मंगलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी फसेका करीब सात सय व्यक्तिलाई उद्धार गरिएको छ। यस आक्रमणमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपरान्ह् अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको थियो। 

आक्रमणमा सयौँ व्यक्ति फेसेका र ती व्यक्तिहरुलाई उद्धार गरिएको यहाँका राष्ट्रपति उहुरु केन्याताले बताउनुभएको छ। आतंककारी समूहले करीब २० घण्टा सो होटेल परिसर कब्जामा लिएका जनाइएको छ। 

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ। होटेल परिसरमा फसेका दर्जनौँ व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३:३० बजे भाग्न सफल भएका थिए। अझै पनि होटेलमा कति व्यक्ति फसेका छन् सो भन्ने प्रप्ट भइसकेको छैन। 

यस आक्रमणको जिम्मेवारी अल-कायदासँग आबद्ध सोमालियाको अल-शबाब समूहले लिएको छ। सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ। 

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो। 

सन् २०१५ को अप्रिल २ मा पूर्वीकेन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।