बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै 'पेन डाउन’

सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै 'पेन डाउन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाहीको माग राख्दै निजामती कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाको अगुवाइमा सचिव विद्यानाथ झालाई कुटपिट गर्ने प्रदेश २ का अर्थमन्त्री विजय यादवउपर कारबाही माग राख्दै कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रेका हुन्।

आन्दोलित कर्मचारीले मन्त्री यादवलाई कारबाही गर्न माग गर्दै बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म पेनडाउन गरी दिनभर हातमा कालोपट्टी बाँधेर काम गरेका छन्। यसैगरी बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म उनीहरुले पेन डाउन गर्ने र शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म पेन डाउन गरेर कामकाज गर्ने कार्यक्रमसमेत घोषणा गरेका छन्।

बिहीबारसम्म पनि सत्यतथ्य छानबिन गरी दोषी मन्त्रीलाई कारबाही नगरिए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताए।

सचिव झालाई कुटपिट गरेको भन्दै मन्त्रीय यादवलाई कारबाही गर्न निजामती कर्मचारीहरुले सोमबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापन पत्र बुझाएका थिए। 

गरिबी निवारण कोषअन्तर्गत लघु उद्यमसम्बन्धी कार्यक्रमका लागि आफूले सिफारिस गरेको एनजीओ छनौट नभएको निहुँमा सचिव झालाई आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेका थिए । कुटपिटपछि आवेशमा आएका सचिव झाले समेत मन्त्री यादवविरुद्ध अपशब्द प्रयोग गरेका थिए।

घटना छानबिन गर्न प्रदेश सरकारले आइतबार प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको छानबिन गरी सात दिनभित्र समितिलाई आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।