मंगलबार, चैत २४, २०८२

थ्री स्टार क्लब खप्तड गोल्डकपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- रुस्लान थ्री स्टार क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमाको फाईनल प्रवेश गरेको छ । बुधबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टरले मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरि भएको खेलको दोश्रो हाफमा थ्री स्टारले दुई गोल गरेको हो । थ्री स्टारका लगि रुपेश केसी र सुनिल बलले एक एक गोल गरे । खेलको ६९ औं मिनेटमा रुपेशको गोलमार्फत थ्री स्टारले सुरुवाती अग्रता लियो । 

रन्जन बिस्टको लङ्ग क्रसमा बुद्ध चेम्जोङको हेडर पासमा रुपेशले सहजै गोल गरेका थिए । त्यसअघि २१ औं मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । 

५३ औं मिनेटमा थ्री स्टारका रुपेश केसीको भली प्रहार दीप कार्कीले बचाए । अर्कोतर्फ काक्करभिट्टाका एन्जल गुरुङको प्रहार आकाशियो । ८० औं मिनेटमा डि बक्स बाहिर मेचिका बिकास राईले थ्री स्टारका रन्जन बिस्टलाई फउल गरेपछी पाएको फ्री-किकमा सुनिलले सहजै बललाई गोलमा परिणत गरे ।

उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।